Breaking News 1

स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२ हुने

स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२ हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी स्व. साइमन योन्जनको स्मृतिमा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ । बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगिता मकवानपुरगढी–३ स्थित भानु फुटसलमा हुने समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले जानकारी दिनुभयो । गत असोज १२–१३ गते कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा परेर ज्यान गुमाएका साइमनको योगदानलाई सम्झँदै प्रतियोगिता आयोजना गरिएको अध्यक्ष स्याङ्तानले बताउनुभयो । प्रतियोगिता खुल्ला फुटसल विधामा हुने छ । कार्यक्रम संयोजक तथा समितिका सदस्य बिक्रम योन्जनका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु. ६...
गायिका इन्दिरा गोलेको निधन

गायिका इन्दिरा गोलेको निधन

Breaking News 1, समाचार
हेटौंडा/ तामाङ सेलो लगायतका विधामा छुट्टै नाम कमाएकी चर्चित गायिका इन्दिरा गोले (गुरुङ) को निधन भएको छ । ललितपुरको लेले भाउदेउमा जन्मिएकी गोले लामो समयदेखि तामाङ गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आफ्ना स्वर र सिर्जनाबाट विशिष्ट पहिचान बनाउन सफल भएकी थिइन् । परिवारजनले दिएको जानकारीअनुसार, विश्वभरका शुभेच्छुक र समाजको अपार माया तथा प्रयासका बाबजुद पनि अन्ततः उनले धर्ती यात्रा समाप्त गरेकी हुन् । गोलेले तामाङ सेलोलाई आधुनिक स्वरूप दिनेमध्ये अग्रणीको भूमिका निर्वाह गरेकी थिइन् । उनका लोकप्रिय सिर्जनाहरूले तामाङ मात्र नभई सम्पूर्ण नेपाली संगीत प्रेमीको मनमा गहिरो छाप छोडेका छन् । उनको निधनले तामाङ संगीत मात्र होइन, समग्र नेपाली संगीत परिवार नै शोकाकुल भएको छ ।...
मकवानपुरका लालकुमार प्रजा चेपाङलाई सुरक्षित आवास निर्माण हुने

मकवानपुरका लालकुमार प्रजा चेपाङलाई सुरक्षित आवास निर्माण हुने

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौँडा/ मकवानपुरको विकट कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङलाई सुरक्षित आवास निर्माण हुने भएको छ । खेतीपातीसँगै बाख्रा, कुखुरा पाल्दै आएका वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमारलाई गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष सिफारिस गरेको थियो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस पत्र बुझाएलगत्तै मुख्यमन्त्री बानियाँले आवास निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन्। अध्यक्ष मुक्तानका अनुसार पालिकाभित्र चेपाङ, जनजाति र अति विपन्न समुदायको संख्या धेरै भए पनि लालकुमारलाई प्राथमिकतामा राखी सिफारिस गरिएको हो । मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा कोही पनि नागरिक गास, वास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने लक्ष्यसहित सुरक्षित आवासको व्यवस्था गरिएको बताएका छन् । यसैबीच, राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङको घर न...
किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन सेप्टेम्बर १४ मा हुने

किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन सेप्टेम्बर १४ मा हुने

Breaking News 1, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाचार, समाज
दक्षिण कोरिया । किरात राईहरुको साँझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औं महाधिवेशन यहि सेप्टेम्बर १४ मा हुने भएको छ । दक्षिण कोरियाको सौल स्थित दोङ्देमुनको एमजी सेमाउल हलमा महाधिवेशन हुने संस्थाका उपाध्यक्ष सन्तोष राईले बताएका छन् । संस्थाको महाधिवेशनको लागि गर्नुपर्ने आवश्यक तयारीहरु लगभग पुरा भैसकेको संस्थाका अध्यक्ष पुरन याम्फु राईले जानकारी छन् । प्रवासमा रहेर पनि किरात राईहरुको भाषा, धर्म, संस्कृति, पहिचान र अधिकारको वकालत गर्दै आइरहेको किरात राई यायोक्खा दक्षिण कोरियालाई कोरियाको नेपाली समाजमा पुरानो र सकृय संस्थाको रुपमा मान्ने गरिन्छ । किरात राईहरुको साँझा संस्था भएकोले कोरियामा रहेका किरात राईहरुलाई महाधिवेशनमा सहभागि हुनको लागि अनुरोध गरेका छन् ।...
फोहोरमैला व्यवस्थापनमा खटिने ५३ जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध

फोहोरमैला व्यवस्थापनमा खटिने ५३ जना कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध

Breaking News 1, Uncategorized, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका क्षेत्रमा फोहोरमैला संकलन र व्यवस्थापनमा खटिने कर्मचारीहरूलाई पहिलो पटक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ । हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा ग्रीन एण्ड क्लिन सिटी सर्भिस प्रा.लिले यस कार्यमा संलग्न ५३ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा सफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई कोषमा समावेश गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले फोहोरमैला संकलन गर्ने काम कठिन र जोखिमपूर्ण हुने भएकाले कर्मचारीको सामाजिक सुरक्षा सुनिश्चित गर्नु उपमहानगरको दायित्व भएको बताउनुभयो । उहाँले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिदै सुरक्षाका उपायहरू अपनाएर मात्रै कार्यमा खटिन सफाई कर्मचारीलाई सुझाव दिनुभयो । फोहोरमैला व्यवस्थापन संघका सल्लाहकार प्राध्यापक ड...
मकवानपुरका स्थानीय तहद्धारा ३२ करोड अनुदान फिर्ता

मकवानपुरका स्थानीय तहद्धारा ३२ करोड अनुदान फिर्ता

Breaking News 1, प्रमुख समाचार, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१÷८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख रुपैयाँ फिर्ता गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका सबै १० वटै स्थानीय तहले योजना र कार्यक्रम समयमा कार्यान्वयन गर्न नसक्दा रकम फिर्ता भएको हो । सो वर्षमा सशर्त, वित्तीय समानीकरण, समपूरक र विशेष गरी विभिन्न शीर्षकमा रकम विनियोजन भए पनि सशर्त अनुदानतर्फकै ठूलो हिस्सा खर्च हुन सकेन । कार्यालय प्रमुख दिनेश रेग्मीका अनुसार कार्यक्रम समयमा सम्पन्न नहुनु मुख्य कारण भएको हो । त्यस्तै, बागमती प्रदेश सरकारले पनि सो वर्षमा ४९ करोड रुपैयाँ खर्च गर्न नसकी फिर्ता गरेको छ ।...
मकवानपुरगढीमा खोलाले बगाएर बेपत्ता भएका बम्जनको शव फेला

मकवानपुरगढीमा खोलाले बगाएर बेपत्ता भएका बम्जनको शव फेला

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ तल्लो छापस्थित कार्की खोलामा बगेर बेपत्ता भएका २५ वर्षीय विनोद बम्जनको शव फेला परेको छ । शुक्रबार दिउँसो उर्लिएको बाढीले बम्जनलाई बगाएको थियो । इलाका प्रहरी कार्यालय मकवानपुरगढीको टोलीले स्थानीयवासीसँगै गरेको खोजतलासको क्रममा शव राति डुम्रेकुनामा भेटिएको हो । शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।...
नागरिकलाई समयमा र स्पष्ट सुचना दिनुपर्ने – प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

नागरिकलाई समयमा र स्पष्ट सुचना दिनुपर्ने – प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार, सूचना प्रबिधि
हेटौंडा /  राष्ट्रिय सूचना दिवस २०८२ को अवसरमा हेटौंडामा मंगलबार सूचनाको हक अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सूचनाको हक कार्यान्वयनमा अझै धेरै चुनौती रहेको गुनासो गरेका थिए । सुचना दिने निकायहरूले मागिएका सूचना समयमा नदिने, ढिलाइ गर्ने वा अपूर्ण जानकारी दिने प्रवृत्ति बढेको बताएका थिए । उनीहरूले नागरिकले सहज रूपमा सूचना पाउन नसक्दा पारदर्शिता र जवाफदेहितामा बाधा पुगेको भन्दै स्थानीय तहदेखि केन्द्रसम्म सूचना प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुचना सम्प्रेषण जति प्रभावकारी हुन सक्यो, त्यति नै लोकतन्त्र पनि संस्थागत हुने बताउनुभयो । नागरिकलाई समयमा र स्पष्ट सुचना दिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कानुन...
ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

ओपेरा डिजिटलको प्रस्तुतिमा नयाँ गीत “के भन्नु र खोई” सोमबार सार्वजनिक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, रोचक, समाचार
हेटौंडा / ओपेरा डिजिटलले सोमबार आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली संगीत भिडियो “के भन्नु र खोइ” सार्वजनिक गरेको छ । गितमा आश्मान लोप्चन र जितु लोप्चनको स्वर रहेको छ भने संगीत सानु बाबु घिसिङले तयार र व्यवस्थापन गरेका हुन् । भिडियोलाई युद्व लामाले निर्देशन गरेका छन् । सार्वजनिक गरिएको भिडियोलाई आकर्षक बनाउन कलाकार विक्रम लुङ्वा, आश्मान लोप्चन र याङ्गी दोङ्ले अभिनय गरेका छन् । उनीहरूको स्टाइलिश पोशाक, रमाइलो नृत्य र भावनात्मक अभिनयले भिडियोलाई रोमान्टिक र आधुनिक बनाएको छ । छायांकन दुर्गा श्रेष्ठले गरेका हुन् भने सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन् । यसै गरी आश्मान लोप्चन तामाङ सेलो क्षेत्रमा ख्यातिप्राप्त गायकका रूपमा परिचित छन् । उनी आफ्नै गाएको गीतमा मोडलिङ गर्ने कलाकारका रूपमा पनि लोकप्रिय छन् । यस गीतमा स्वर दिने अर्की गायिका जितु लोप्चन पनि नेपाली संगीत क्षेत्रमा च...
बागमती प्रदेश मन्त्रिपरिषद् पूर्ण, पाँच मन्त्रीको शपथ

बागमती प्रदेश मन्त्रिपरिषद् पूर्ण, पाँच मन्त्रीको शपथ

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार मन्त्रिपरिषद्‌लाई पूर्णता दिएका छन् । रिक्त पाँच मन्त्रालयमा मन्त्री नियुक्त भएपछि सरकारले पूर्णता पाएको हो । मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिएका मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात कुमार तामाङ, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री उर्मिला केसी र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी रहेका छन् । यसैगरी, विनाविभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । १४ मन्त्रालय रहेको प्रदेश सरकारमा नेकपा एमालेले ६ र नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाएका छन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"