बागमती प्रदेशमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै
हेटौंडा / बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ ।
बुधवार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन आज सूचना समेत जारी गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचिकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन् ।
स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरुले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए । परिषद्ले करातेमा ४, उस...








