मुख्य समाचार

तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठ्माण्डौ-  सरकारले काठमाण्डौको तीनकुने क्षेत्रमा शुक्रकबार भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । शुक्रकबार बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।...
हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठ्माण्डौ - नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाण्डौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् । वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ । नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ । यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख...
नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र  तयारीका विषयमा गहन छलफल

नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र तयारीका विषयमा गहन छलफल

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, सूचना प्रबिधि
हेटौंडा - मकवानपुरमा नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र आवश्यक तयारीका विषयमा गहन छलफल भएको छ । स्वतन्त्र पत्रकार संघ, मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, युवा पत्रकार जमुना थिङ वक्ताका रूपमा उपस्थित रहेका थिए । छलफल कार्यक्रममा वरिष्ठ पत्रकार विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्था तुलना गर्दै नयाँ पुस्ताका पत्रकारहरूका लागि चुनौतीभन्दा अवसर बढी रहेको बताउनु भयो । विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त रहेको तर अहिले प्रविधिको विकास भए पनि सामग्रीको गुणस्तर र अनुशासनमा कमी देखिएको उहाँको बुझाई छ । उहाँले प्रविधिको प्रयोगसँगै पत्रकारिताको गति तिव्र भए पनि समाचारको गहिराइ र विश्वसन...
मकवानपुरका ११८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित

मकवानपुरका ११८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा/ चेपाङ समुदायको मानव अधिकार व्यवस्था सम्बन्धि परामर्श कार्यक्रम आइतबार हेटौंडामा भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय जनवकालत मञ्चको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा चेपाङ समुदायको अवस्था र चेपाङहरुको मानव अधिकार अध्ययन प्रतिवेदन २०८१ मस्यौदा को विषयमा मानव अधिकारकर्मी किरण बरामुले प्रस्तुतिकरण दिनु भएको थियो । चेपाङ समुदायको आर्थिक सामाजिक सास्कृतिक शैक्षिक अवस्थामा केन्दृत प्रतिवेदन अनुसार, अव्यवस्थित विकास र क्रसर उध्योग ले चेपाङ समुदायमा असर परिरहेको जनाइएको छ । मकवानपुरका मात्रै १ सय १८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित बनेको प्रतिवेदनमा उल्लेख छ । उहाँले चेपाङ समुदाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसुची अनुसार अति सिमान्तकृत आदिवासी जनजाति समुहमा सुचिकृत भएको बताउनुभयो । नेपालमा २०७८ को जनगणना अनुसार चेपाङको जन...

हेटौंडामा दोस्रो एएफयु सेभेन ए साईड महिला फुटबल प्रतियोगिता हुने

Breaking News 1, खेलकुद, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा  / हेटौंडामा दोस्रो एएफयु सेभेन ए साईड महिला फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । शनिवार कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय हेटौंडाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । हेटौंडा – ५ स्थित पिप्ले क्याम्पा रगंशालामा आईतबार देखि बुधवार सम्म प्रतियोगिता हुनेछ । आयोजकका अनुसार प्रतियोगितामा कृषि संकाय, रामपुर, चितवन, वन विज्ञान संकाय, हेटौंडा, मकवानपुर, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, पाख्रिबास, धनकुटा, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, कटारी, उदयपुर, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, बर्दिबास, महोत्तरी, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, मरिण, सिन्धुलि, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, पुरुञ्चौर, कास्कि, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, माडिचौर, रोल्पा, र प्राकृतिक श्रोत व्यवस्थापन कलेज, टिकापुर, कैलाली गरी नौ टिमको सहभागि सहभागि रहने छन्...

कैलाशको अर्धवार्षिक समीक्षा,चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति

Breaking News 1, Uncategorized, अर्थ, मुख्य समाचार, समाचार, स्थानीय तह विशेष
कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाको बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा भएको छ । समीक्षा कार्यक्रममा प्रस्तुत भएको विवरण अनुरुप गाउँपालिकाले फागुन मसान्त सम्ममा गाउँपालिकाको चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति भएको छ । चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेट मध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले बताए । पुजीँगततर्फ भने १३.९८ प्रतिशत खर्च भएको उनले बताएका छन् ।  प्रदेश कार्यक्रमबाट प्राप्त अनुदानमा २४.४९ प्रतिशत खर्च भएको बताउँदै संघीय सरकारको तर्फ भने ४०.६२ प्रतिशत रकम खर्च भएको धितालले बताए । गाउँपालिकाले वडागत आम्दानीमा १९ लाख ४२ हजार ४६९ रुपैयाँ राजश्व संकलन गरिनुका साथै गाउँपालिकाले तोकिएको विभिन्न राजश्व शीर्षकमा हालसम्म प्रदेशलाई छुट्याएर ७४ लाख ८८ हजार ५०२ रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख विक्रम थिङले बत...
महिला दिवसको अवसरमा नीति संवाद कार्यक्रम सम्पन्न

महिला दिवसको अवसरमा नीति संवाद कार्यक्रम सम्पन्न

Breaking news 3, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा/ ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार हेटौंडामा नीति संवाद कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर महिला उत्थान समाजको आयोजनामा कार्यक्रम भएको हो । संवाद कार्यक्रममा मनहरी गाउँपालिकाका अनौपचारिक क्षेत्रमा कार्यरत २३ जना महिलाहरुको सहभागिता रहेको थियो । निती संवाद कार्यक्रममा नेपाल ट्रेड युनियन श्रमिक संघका अध्यक्ष खलिन मिया, जिफन्ट मकवानपुरका अध्यक्ष अर्जुन अर्याल, अखिल नेपाल ट्रेड युनियन बागमती प्रदेशका सहसचिव अध्यक्ष बिष्णु राणा, मनहरी गाउँपालिका प्रधानमन्त्री स्वरोजगार शाखाका सब ईन्जिनियर राजकुमार ठाकुर प्रमुख वक्ताका रुपमा रहनुभएको थियो । कार्यक्रममा सहभागि श्रमिक महिलाहरुले समयमा ज्याला नपाउने, बढी समय सम्म काम गर्नुपर्ने , पुरुष श्रमिकको तुलनामा कम ज्याला पाउने जस्ता समस्याहरु झेल्नु परेको बताएका थिए । श्रमिक महिलाहरुले अनौपचारिक क्षेत्रमा काम गर्दा दुर्घटना हुद...

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग, हस्ताक्षर संकलन अभियान सुरु

Breaking News 2, मुख्य समाचार, समाचार
हेटौँडा / हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौँडामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । हेटौँडा अस्पताललाई पूर्ण रूपमा सरकारी अस्पतालकै रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानले आइतबारदेखि अस्पतालपरिसरमा नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो । अभियानका संयोजक विशालराज महतले हेटौँडा अस्पताल जोगाउन आफूहरू विगतका दिनदेखि नै अभियानमा लागेको बताउँदै हस्ताक्षर अभियान एक हप्तासम्म चल्ने जानकारी दिए । उनले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा अलग स्थानमा अलग पहिचानसहितको आमजनताको पहुँचमा स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, हेटौँडा अस्पतालको ६६ वर्षदेखिको सेवा इतिहासलाई कायम राख्न, संविधान प्रदत्त सेवा प्राप्त गर्न पाउने मौलिक हकको कार्यान्वयन गराउनुपर्ने आफूहरूको माग रहेको बताए । ...
हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न बन्द अवस्थामा रहेको रोप–वे बिक्री

हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न बन्द अवस्थामा रहेको रोप–वे बिक्री

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा / हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न कच्चा पदार्थ खरिद गर्नको निमित्त बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरिएको छ ।   हेटौँडा -९ मा रहेको उद्योगले चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–बे बाराको लिपनी मालस्थित श्री पिएस एन्ड सन्स इन्टरप्राइजेजलाई बिक्री गरेको हो । उद्योग प्रशासनले चार करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको छ । तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमति अनुसार पहिलो किस्तामा एक करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँसमेत प्राप्त गरिसकेको सुचना अधिकारी हरेराम आचार्यले जानकारी दिएका छन् । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको ९ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको जनाएको छ । उद्योगले भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोप–वेको सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेटलगायतका फलामजन्य सामा...
बागमती प्रदेशको बजेट खर्च उत्साह जनक

बागमती प्रदेशको बजेट खर्च उत्साह जनक

Breaking News 1, अर्थ, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / बागमती प्रदेश सरकारको बजेट खर्च उत्साह जनक देखिएको छ भने विकास निर्माणमा वित्तीय प्रगति निराशाजनक रहेको छ । बागमतीको चालुतर्फको बजेट कर्मचारी तथा पदाधिकारीको तलब, भत्ता सहित कार्यालय व्यवस्थापनका लागि खर्च चएको देखिन्छ । बागमती प्रदेशले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ ।   माघ मसान्त सम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । त्यसमध्ये १३ अर्ब भएको आर्थिक मामिला तथा योजनामन्त्रालयले जानकारी दिएको छ । गत पुस मसान्त सम्म १६.२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च गरेको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ को माघ मसान्त सम्म बागमती प्रदेशको बजेट खर्च पुँजीगतमा भन्दा चालुमा झन्डै ८ अर्ब रुपैयाँ बढी निकासा छ । कुल बजेट खर्च मध्ये चालूतर्फ ७ अर्ब ७२ करोड ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"