Day: २ वर्ष अगाडि

आर्मीलाई सडनडेथमा पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश

आर्मीलाई सडनडेथमा पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश

Breaking news 3, खेलकुद, बागमती प्रदेश, समाचार
हेटौंडा/ आर्मीलाई सडनडेथमा पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार हेटौंडा – ६ स्थित गौरिटार रंगशालामा भएको खेलमा धनकुटाले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै सेमिफाइनलमा स्प्रवेश गरेकोे हो । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । खेलको ११ औं मिनेटमा आर्मीको तर्फबाट रसबहादुर मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८४औं मिनेटमा धनकुटाका तर्फबाट विदेशी खेलाडी अजायी मार्टिनले गोल गर्दै खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा ३–३ गोल भएपछि सडनडेथमा राजारानीका प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । धनकुटाले सेमिफाइनलमा न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि मंगलबार थ्रीस्टार क्लब ललितपुर र सशस्त्र प्रहरीको एपी...
शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको ल्होछार गीत सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको ल्होछार गीत सार्वजानिक

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन
दक्षिण कोरिया । शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ । लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अफिकियल अडियो सार्बजानिक गरिएको हो । तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङ गरेका छन् । तामाङ समुदायको ल्होछार नजिकिदै गरेको अवसर पारेर दर्शक श्रोतामाँझ सार्बजानिक गरिएको उक्त ल्होछार गीतलाई दर्शक श्रोताले मनपराउनेमा आशाबादी रहेको शब्दकार निर योञ्जनले बताए । अडियो सुन्नुहोस .... https://youtu.be/UqAYL4PayKI?si=AovRs_TNFW3KNRIN...
आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको – अध्यक्ष ओली

आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको – अध्यक्ष ओली

Breaking News 1, समाचार, स्थानीय तह विशेष
काठमाडौं/ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएको छ । सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताएको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी समेत गरेका छन् ।...
निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु

Breaking News 2, बागमती प्रदेश, स्थानीय तह विशेष
बागमती/ मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ पाथिभरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निशुल्क आँखा परिक्षण गर्दा २० जनामा मोतियाविन्दु देखिएको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ एसले मकवानपुर सहित बारा सर्लाहीमा निशुल्क आँखा शिविर अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा आइतबार मकवानपुरको पाथीभरा र बारा जिल्लाको ईनारुवामा शिविर सञ्चालन गरिएको एरिया २ का एरिया चिफ जेपि यादवले बताए । पाथिभरामा १२६ जनाले आँखा परिक्षण गर्दा २० जनामा मोतिया विन्दु देखा परेको कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए । त्यस्तै, बाराको ईनरुवामा भएको निशुल्क आँखा शिविरमा ३२८ जनाले परिक्षण गरेका छन् । जसमध्ये ७८ जनामा मोतियाविन्दु देखा परेको संयोजक भेटवालले बताए । आज सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौर र सर्लाहीको रामनगरमा कार्यक्रम सञ्चालन हुने चिफ यादवले बताए । यस अघि २० गते शनिबार मकवानपुरगढी गाउँपा...
बाँसबारी जग्गा काण्डमा पक्राउ परेका अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

बाँसबारी जग्गा काण्डमा पक्राउ परेका अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Breaking news 3, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली काँग्रेसका सांसद एबम् उद्योगपती बिनोद चौधरीका भाई अरुण चौधरीलाई सोमबार अदालतले थप ३ दिनको लागि हिरासतमा राख्न अनुमती दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...
मुगुमा आगलागी हुँदा दाजुु–बहिनीको मृत्युु

मुगुमा आगलागी हुँदा दाजुु–बहिनीको मृत्युु

Breaking News 2, समाचार
सुर्खेत / मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु–बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । ‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो’, डीएसपी थापाले अनलाइनखबरसँग भने, ‘पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।’...
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश संसदमा पेस

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश संसदमा पेस

समाचार
काठमाडौं/ सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेस गरेको छ । सोमबारबाट सुरु भएको संघीय संसदको तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो अध्यादेश प्रतिनिधिसभा बैठकमा पेस गरेको हो ।  त्यस अवसरमा उहाँले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने र सो प्रक्रियामा हुने छलफलको अवधि पर्याप्त गर्ने उद्देश्यले सो अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस गर्नुपरेको स्पष्ट पारेका छन् । त्यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि थप थर्ने आदेश पनि पेश गरे।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"