महिला मिलनको २४ औँ साधरण सभा, ३ जना जेष्ठ नागरिक सदस्य सम्मानित
हेटौंडा/ महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधरण सभा मनाइएको छ । संस्थाको साधरण सभाको ३ दिने कार्यक्रम अन्तरर्गत पहिलो कार्यक्रम बिहीबार हेटौंडा -४ स्थित क्लब हेटौंडामा मनाइएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता र उक्त संस्थाका संस्चालक समितिका अध्यक्ष मिना थापाको सभा अध्यक्षतामा कार्यक्रम भएको हो । भने कार्यक्रममा ३ जना जेष्ठ नागरिक सदस्यलाई नगत सहित सम्मान समेत गरेका थिए । सम्मान हुनेमा मिरा देवि घलान र दुर्गा पौडेल र सुमित्रा शर्मालाई संस्थाले जेष्ठ नागरिक सदस्य सम्मान गरेका हुन् । सभामा संचालक समितिका सचिव शर्मिला दोङ, कोषअध्यक्ष रमा कुमारी रिजाल र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु लामाले बार्षिक प्रगति प्रतिवेदन सेयर सदस्यहरु माझ प्रस्तुत गरेका थिए ।
यसै गरी संस्थाको साधरण सभाको कार्यक्रम दोस्रो...