स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु
हेटौंडा/ स्थानीय तहको उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि शुरु हुने छ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था रहेको आयोगले जनाएको छ । निषेधित अवधिमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न नपाउने जनाएको छ । आगामी आइतबार हुने उपनिर्वाचनमा ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकाले ४१ पदका लागि मतदान हुन लागेको हो । चुनावका लागि मतदान गर्न १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् ।...