Day: १ वर्ष अगाडि

दिवंगत पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन

दिवंगत पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन

Breaking News 1, प्रमुख समाचार, समाचार
हेटौंडा / काठमाडौंको तीनकुनेमा चैत्र १५ गते राजावादीले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका एभिन्यज टेलिभिजनका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा बुधबार हेटौंडाको बुद्धचोकमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरेको हो । श्रद्धाञ्जली सभामा मकवानपुरका सक्रिय सञ्चारकर्मीहरुले दिवंगत पत्रकार रजकको चिर आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको थियो । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा महासंघका बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाई लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । महासंघले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको र दोसीलाई कार्बाही ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"