काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेको हो ।

कांग्रेस एमाले सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ । असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव समावेश गर्ने जनाएको छ ।





























