सिरिजंगा लिपिको युनिकोड निर्मानार्थ कियाचु दक्षिण कोरिया द्धारा २७ लाख रुपैयाँ हस्तान्तरण 

Advertisement

शुभराज भोम्जन 

दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया द्धारा किराँतीहरूको सिरिजंगा लिपिको युनिकोड निर्माण गर्नको लागि किरात याक्थुङ चुम्लुङ संघीय परिषद काठमाण्डौलाई २७ लाख २ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको छ ।

दक्षिण कोरियाबाट नेपाल पुगेका प्रतिनिधिहरू याक्थुङ चुम्लुङ छल्लादो शाखाका अध्यक्ष गणेश लिम्बू र सचिव भुपेन्द्र लिम्बुले संघीय परिषद अध्यक्ष प्रेम येक्तेनलाई  संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । चुम्लुङ दक्षिण कोरियाले केही समय अघि सिरिजंगा लिपिको युनिकोड निर्माणको उद्देश्य राखेर निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली कथानक चलचित्र मनसरा दक्षिण कोरियाको बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको थियो ।

सोही चलचित्र प्रदर्शनीबाट मुनाफा भएको कुल रकम हस्तान्तरण गरिएको हो । युनिकोड निर्माण गर्नको लागि २५ लाख रुपैयाँ भन्दा धेरै लाग्ने भएकोले सो खर्च जुटाउने जिम्मा दक्षिण कोरिया शाखाले लिएको र जिम्मा लिए बमोजिम सफलता मिलेकोमा आनन्द महसुस भएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भा लिम्बुले लाबान्युजलाई बताएका छन् । अध्यक्ष लिम्बुले आफ्नो समुदायको लिपिको संरक्षण, संवर्द्धन गर्नु सबैको दायित्व रहेको भन्दै सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गरेका छन् । त्यसैगरी संघीय परिषद अध्यक्ष प्रेम येक्तेनले सहयोग रकम ग्रहण गर्दै दक्षिण कोरिया शाखालाई धन्यवाद ज्ञापन गरेका छन् ।  

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"