Day: २ वर्ष अगाडि

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण- मन्त्री मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण- मन्त्री मोक्तान

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् । शनिवार हेटौडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको प्रथम भेलालाई सम्बोधन गर्दे मन्त्री मोक्तानले अबको क्रान्ति बिज्ञान र प्रविधिमा आधारित हुनुपर्ने बताइन् । प्राविधिक बिभागको प्रथम भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा ४ सदस्य मनोनित गर्ने गरि १५ सदस्यीय प्राविधिक बिभाग गठन गरेको छ । बिभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाईली चयन भएकाछन् । भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घला...
प्रधानमन्त्रीले निर्देशन गर्दा पनि उद्योगको काटिएको लाइन जोड्न प्राधिकरण भएन तयार

प्रधानमन्त्रीले निर्देशन गर्दा पनि उद्योगको काटिएको लाइन जोड्न प्राधिकरण भएन तयार

Breaking News 1, अर्थ, प्रमुख समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि पनि नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न तयार देखिएको छैन । शुक्रबार प्रधानमन्त्री ओलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल लाइन जोडिदिन निर्देशन दिएका थिए । डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगहरूको बिजुली प्राधिकरणले काटेकामा ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् । ओलीको निर्देशनपछि प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । सो बैठकले लाइन नजोड्ने निर्णय गरेको जानकारी दिएको छ । शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएका थिए । प्रचण्ड नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै पनि हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको...
विपदमा सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्रीको निर्देशन

विपदमा सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्रीको निर्देशन

Breaking News 2, प्रमुख समाचार, समाचार, समाज
काठमाडौं / गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृहमन्त्री लेखकले प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिलाई समेत मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिएको हो । गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापनमा धेरै काम गर्नुपरेको उल्लेख गर्नुभयो । विपद् व्यवस्थापनका साथै जिल्लाको शान्ति सुरक्षा, लागू औषध नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा सक्रिय हुन मन्त्री लेखकले निर्देशन दिएको थियो ।...
सिरिजंगा लिपिको युनिकोड निर्मानार्थ कियाचु दक्षिण कोरिया द्धारा २७ लाख रुपैयाँ हस्तान्तरण 

सिरिजंगा लिपिको युनिकोड निर्मानार्थ कियाचु दक्षिण कोरिया द्धारा २७ लाख रुपैयाँ हस्तान्तरण 

Breaking news 3, अर्थ, प्रमुख समाचार, प्रवास, समाज
शुभराज भोम्जन  दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया द्धारा किराँतीहरूको सिरिजंगा लिपिको युनिकोड निर्माण गर्नको लागि किरात याक्थुङ चुम्लुङ संघीय परिषद काठमाण्डौलाई २७ लाख २ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेको छ । दक्षिण कोरियाबाट नेपाल पुगेका प्रतिनिधिहरू याक्थुङ चुम्लुङ छल्लादो शाखाका अध्यक्ष गणेश लिम्बू र सचिव भुपेन्द्र लिम्बुले संघीय परिषद अध्यक्ष प्रेम येक्तेनलाई  संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । चुम्लुङ दक्षिण कोरियाले केही समय अघि सिरिजंगा लिपिको युनिकोड निर्माणको उद्देश्य राखेर निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेको नेपाली कथानक चलचित्र मनसरा दक्षिण कोरियाको बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको थियो । सोही चलचित्र प्रदर्शनीबाट मुनाफा भएको कुल रकम हस्तान्तरण गरिएको हो । युनिकोड निर्माण गर्नको लागि २५ लाख रुपैयाँ भन्दा धेरै लाग्ने भएकोले सो खर्च जुटाउने जिम्मा द...
बंगलादेशमा जारी रहेको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

बंगलादेशमा जारी रहेको आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, राजनीति
काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन् । आन्दोलनलाई थप हिंसात्मक हुन नदिने सरकारले ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । तर, कर्फ्यकाबीच पनि ठाउँठाउँमा सुरक्षाकर्मीसँगै झडप भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आन्दोलन नियन्त्रण गरी शान्ति सुुव्यवस्था कायम गर्न सरकारले सेना खटाउने तयारी गरेको छ । बंगला देशमा नेपाली विद्यार्थी पनि रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यहाँ रहेका सबै विद्यार्थी सुरक्षित छन् । थप सहयोग आवश्यक भए दूतावासमा...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"