“नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै मेरो भ्रमण अर्थपूर्ण रहन्छ” : महामन्त्री थापा 

Advertisement

शुभराज भोम्जन

दक्षिण कोरिया । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल एयरलाइन्सको जहाजलाई दक्षिण कोरियामा उडाउन सकेको खण्डमा मात्रै आफ्नो भ्रमण सफल हुने बताएका छन् ।

आइतबार दक्षिण कोरियाको राजधानी सौलमा नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महामन्त्री थापाले एस्तो बताएका हुन् । दक्षिण कोरियामा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नेपाल एयरलाइन्सको जहाज दक्षिण कोरिया उडाउनको लागि गरेको हाल सम्मको प्रयास बिफल भएकोले थापा समक्ष पहल गरिदिनको आग्रह गरेको थियो । उठेको प्रश्नहरूको जवाफ दिने क्रममा महामन्त्री थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउनको निम्ति पहल गर्ने वाचा गरेका छन् । थापाले नेपाल एयरलाइन्सलाई दक्षिण कोरिया उडाउन सकेको खण्डमा मात्रै आफ्नो दक्षिण कोरियाको भ्रमण सफल हुने बताएका थिए । थापाले नेपाल फर्किए लगत्तै पर्यटन मन्त्रीलाई भेटेर समस्या समाधानको निम्ति पहल गर्ने बताएका थिए ।

महामन्त्री थापाले उक्त अन्तरकृया कार्यक्रममा उठेका थुप्रै प्रश्नहरुको जवाफ दिएका थिए । जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महामन्त्री थापाको प्रमुख आतिथ्यता रहनुका साथै केन्द्रिय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यबहाक राजदूत पुष्पराज भट्टराई, गैर आवसिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्षद्वय बुद्धी गुरुङ, बिपिन गुरुङ, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनाल, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राई र अन्य थुप्रै राजनीतिक तथा सामाजिक संघ संस्थाहरुको अध्यूक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"