ल्यापटप ७ थानसहित ९ भारतीय नागरिक पक्राउ

Advertisement

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले मेडि असिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीे कारोवार गर्ने गिरोहलाई आज सार्वजनिक गरेको छ । विभिन्न कम्पनीका ल्यापटप ७ थानसहित ९ भारतीय नागरिकलाई सार्वजनिक गरेको हो ।

जसमा राउटर ३ थान, मोबाईल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए ।

सोमबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरको पाचौँ तल्लामा फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीको कारोवार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारत पटनाथाना आलमगंजका २८ वर्षीय नवनित कुमार, भारतकै बोकरो झारखण्डका २७ वर्षीय शाहरुख खान, करवा बलराम अरवल करपी बिहारका २९ वर्षीय कुन्दन कुमारलाई सार्वजनिक गरिएको छ ।

यस्तै कृष्ण कालोनी छोटी मुखानी हल्द्वानी नैनिताल उत्ताराखण्डका २६ वर्षीय आशिष कब्डौला, काजु बागाना रोड डि।ए।बि। पब्लिक स्कुलके पास, सुन्दर नगर, हेहल, हेहल राचि झारखण्डका ३४ वर्षीय विशाल कक्कड, केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्डका ३८ वर्षीय लोकेश कुमार दुवे, लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्डका २९ वर्षीय विकास कुमार सिंहलाई पनि सार्वजनिक गरिएको छ । नांगलोड वेस्टी देल्हीका २८ वर्षीय अरुण कुमार, बैशाली गजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई सार्वजनिक गरिएको छ ।

उक्त कम्पनी २०८० चैत १० गतेबाट हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा भारतका पुष्प बिहारको नयाँदिल्लीका सम्भु सिंहको नाती चन्द्रपाल सिंहको छोरा द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी रात्रीको समयमा ठगीधन्दाको काम गर्ने गरेको अनुसन्धानबाट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट मेडि असिष्ट कम्पनी दर्ता गरी मानव स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापहरु सेवा प्रदान गर्ने गरी प्यानमा समेत दर्ता गरिएको पाइएको छ । उक्त कम्पनीमा कार्यरत १२ भारतीय नागरिकमध्ये ३ जना ९द्रबिन कुमार सिंह, रजत शर्मा र प्रकाश० फरार रहेको प्रहरी प्रमुख रिजालले जानकारी दिनुभयो । उनीहरूले तलब बापत नगदै रकम ९भारतिय रुपैयाँ १८ देखि ५० हजारसम्म लिने गरेको तर उक्त भुक्तानीको कुनै पनि अभिलेख नभएको फेला परेको छ । उक्त कम्पनीद्धारा कुनै पनि आर्थिक कारोबार कानुन बमोजिम नगरिएको साथै अभिलेखिकरण पनि नभएको फेला परेको छ । भारतको राचीमा हेड अफिसमा मेन सरभर राखि धन्दा चलाएको देखिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"