हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले मेडि असिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीे कारोवार गर्ने गिरोहलाई आज सार्वजनिक गरेको छ । विभिन्न कम्पनीका ल्यापटप ७ थानसहित ९ भारतीय नागरिकलाई सार्वजनिक गरेको हो ।
जसमा राउटर ३ थान, मोबाईल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिए ।
सोमबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरको पाचौँ तल्लामा फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीको कारोवार गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भारत पटनाथाना आलमगंजका २८ वर्षीय नवनित कुमार, भारतकै बोकरो झारखण्डका २७ व...