चालिस वर्ष देखि बदाम बेच्दै आएका चुन्नि शाह भन्छन ’ बाचुञ्जेल बदाम बेच्छु’

Advertisement

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रा चौरमा बसोबास गर्ने चुन्नि शाह (छोटु) विगत ४० बर्ष देखि बदाम ब्यापार गर्दै आइरहेका छन् । दुइ सन्तानको बुवा निर्मला देविको श्रिमान चुन्नि छोटुको उमेर ५५ बर्ष पुगिसकेको छ । विगत चालीस वर्ष देखि बदाम, चटपटे ब्यापार गर्दै आएका उनले अझै यहि पेशालाई अंगालि रहेका छन् ।

चुन्नि शाह (छोटु)

हेटौंडा उपमहानगर परिसर भित्र रहेर बदाम ब्यापार गर्दा दिनमा २ हजार देखि ३ हजार सम्म कमाउने गरेको उनले बताए । जहाँ मेला, ब्यापार महोत्सव हुन्छ त्यहाँ बडी मात्रामा बदाम बिक्री हुने गरेको चुन्नी बताउछन । मेला महोत्सव लागेको बेला अन्य समयको तुलनामा निकै राम्रो आम्दानी हात पार्न सफल हुने गरेको उनले बताए ।

केहि समय अघि हेटौंडामा सञ्चालन भएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख लगानि गर्दा ७० हजार नाफा भएको र बागमति गाउँपालिकामा सञ्चालन भएको गोल्डकपमा ३ लाख लगानि गर्दा ८० हजार नाफा हात पार्न सफल भएको उनले सुनाए । उनले कामदारलाई पारिश्रमिक दिएर बदाम ब्यापार गर्ने गरेका छन् ।

बदाम बेचेर घर चलिरहेको र छोरा छोरीलाई राम्रो शिक्षा दिन सफल भएको उनले बताए । उनले आफु सरह मिहेनत र दुख गरेर काम गर्नु पर्ने भन्दै सन्देश पनि दिएका छन् । सानै उमेरबाट बदाम ब्यापार गर्दै आएका उनि जीवन भरी यहि पेशालाई निरन्तरता दिने अठोटमा रहेका छन ।

ईन्डिया सिवनमा जन्म भएको चुन्निको जीवन नेपाल देखिनै सुरुवात भएको हो । चुन्नि संग आफु यो देशको नागरिक हो भनि पहिचान दिलाउन नागरिकता भने छैन । नागरिक्ताको सवालमा अनि गम्भिर हुदै भन्छन बदनियत मुर्वक नागरिक्ता बनाउ भने सक्थे होला तर मनले कहिल्यै त्यसो गर्न मानेन त्यसैले कहिल्यै त्यस्तो सोच नलिएको उनि बताउछन् । उनि भन्छन् एत्तिका वर्ष सम्म त बदाम बेचेर गुजारा चलाइयो अब बाचुञ्जेल बदाम बेच्ने हो अरु कुनै शौख छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"