Day: २ वर्ष अगाडि

राप्रपाले दाहाललाई विश्वासको मत नदिने

राप्रपाले दाहाललाई विश्वासको मत नदिने

Breaking news 3, राजनीति, समाचार
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ । राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो । राप्रपाले प्रदेश सरकारहरूमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । ईकान्तिपुरबाट साभार ...
हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी नेकपा एमालेको अध्यक्षमा आशिष थापा चयन

हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी नेकपा एमालेको अध्यक्षमा आशिष थापा चयन

Breaking News 2
हेटौंडा / हेटौंडा उपमहानगरपालिका नेकपा एमाले १३ नम्बर वडा कमिटीको अध्यक्षमा आशिष थापा चयन भएका छन् ।   सोमबार वडा कमिटी नेकपा एमालेको ११ औं अधिवेशनबाट अध्यक्ष पदमा थापा निर्विरोध चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिष्णु रिमाल, सचिवमा शंकर रोक्का, उपसचिवमा राम बहादुर वाइबा र उमा लोप्चन लगाएत २५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको छ ।...
चालिस वर्ष देखि बदाम बेच्दै आएका चुन्नि शाह भन्छन ’ बाचुञ्जेल बदाम बेच्छु’

चालिस वर्ष देखि बदाम बेच्दै आएका चुन्नि शाह भन्छन ’ बाचुञ्जेल बदाम बेच्छु’

Breaking News 1, फिचर, समाचार
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्रा चौरमा बसोबास गर्ने चुन्नि शाह (छोटु) विगत ४० बर्ष देखि बदाम ब्यापार गर्दै आइरहेका छन् । दुइ सन्तानको बुवा निर्मला देविको श्रिमान चुन्नि छोटुको उमेर ५५ बर्ष पुगिसकेको छ । विगत चालीस वर्ष देखि बदाम, चटपटे ब्यापार गर्दै आएका उनले अझै यहि पेशालाई अंगालि रहेका छन् । हेटौंडा उपमहानगर परिसर भित्र रहेर बदाम ब्यापार गर्दा दिनमा २ हजार देखि ३ हजार सम्म कमाउने गरेको उनले बताए । जहाँ मेला, ब्यापार महोत्सव हुन्छ त्यहाँ बडी मात्रामा बदाम बिक्री हुने गरेको चुन्नी बताउछन । मेला महोत्सव लागेको बेला अन्य समयको तुलनामा निकै राम्रो आम्दानी हात पार्न सफल हुने गरेको उनले बताए । केहि समय अघि हेटौंडामा सञ्चालन भएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख लगानि गर्दा ७० हजार नाफा भएको र बागमति गाउँपालिकामा सञ्चालन भएको गोल्डकपमा ३ लाख लगानि गर्दा ८० ह...
कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको मृत्यु

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको मृत्यु

समाचार
काठमाण्डौ/ कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको उपचारका क्रममा ज्यान गएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट घाइते भएका खत्रीको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा हिजो ज्यान गएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । बसका चालक नवराज गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उज्यालोअनलाईनबाट साभार...
थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु

थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु

समाचार
धनगढी / दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका एसएसपी प्रज्वल महर्जनका अनुसार भीरबाट लडेर गम्भीर घाइते भएका कैलालीको कैलारी गाउँपालिकाका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो ।...
आज शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउदै

आज शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउदै

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा / आज सोमबार देशभर शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउदै छन् । ग्याल्पो ल्होछार शेर्पा समुदायको सांस्कृतिक पर्व पनि हो ।   वर्षको फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसारलाई विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । यो शेर्पा समुदायको नयाँ वर्ष हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन् । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो । विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ । शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धूमधामका साथ यो पर्व मनाउने गरिएको छ ।...
राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता हुँदै, आजै नामावली प्रकाशन हुने

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता हुँदै, आजै नामावली प्रकाशन हुने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदात भने मंगलबार हुने कार्यतालिका छ । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"