एक बर्ष भित्र देशलाई पुर्ण विद्युतिकरण घोषणा गर्ने – प्रधानमन्त्री दाहाल

Advertisement

हेटौंडा/  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एक बर्ष भित्र देशलाई पुर्ण विद्युतिकरण घोषणा गर्ने बताएका छन् । शुक्रबार हेटौंडाको ४००० मेघा वाट ४०० के भी विद्युत प्रसारण लाइन सबस्टेसनलाई उद्धघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैकल्पिक उर्जा सहित ९९ प्रतिशत जनतामा विद्युतको पहुच पुगेको जनाउदै यस्तो बताएको हो ।

उनले विद्युतको पहुच मात्र नभई आन्तरिक रुपमा विद्युतको खपत बढाउन भर पर्दो र सुरक्षित सेवा प्रवाह गर्न उच्च प्राथमिकताका साथ काम गर्न विद्युत प्राधिकरण र उर्जा मन्त्रालयलाई निर्देशन समेत दिए । विद्युत व्यापारको योजना अनुसार भारत, चिन र बंगलादेश सम्म पुर्याउने आधार तयार रहेको र ४० मेघा वाट विद्युत भारत हुदै बंगलादेश तर्फ निर्यात हुने उनले बताए । हेटौंडा सबस्टेसनलाई ढंल्केबार सबस्टेसन सम्म जोड्ने ४०० केभि लाइन प्रसारणमा अवरोध रहेकाले बाधक नबन्न स्थानिय जन – समुदायलाई उनले अनुरोध गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भने ” सरकारले प्रसारण लाइन र वितरण लाइन तर्फ मात्र होइन उत्पादन तर्फ देशको विकासलाई नै रुपान्तरण गर्न सक्ने १०६१ मेघा वाटको अपर अरुण र ६३५ मेघा वाटको दुधकोसी जल विद्युत आयोजनामा लगानी छुट्याएर कार्यन्वयनमा जान अगाडि बढिसकेको छ , १२०० मेघा वाटको बुडी गण्डकी जलासय युक्त जल विद्युत आयोजनाको वित्तिय व्यवस्थापन गरी निर्माण अगाडि बढेको छ , यी आयोजना हरु नेपालको समृद्धिका यात्रामा रणनैतिक महत्वका आयोजना हुने हामी सबैले लिएका छौ”

हेटौंडामा भएको सबस्टेसन उद्धघाटन समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सभा अध्यक्षता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो । साथै उर्जा जलस्रोत मन्त्री शक्ति बहादुर बस्नेत, प्रतिनिधि सभा सदस्य महेश बर्तौला, दीपक बहादुर सिंह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

आगलागीपीडित परिवारलाई ३० हजार बराबरको जस्ता सहयोग

हेटौंडा/  सुनौलो ज्वालादेवी टोल विकास संस्था अन्तर्गत इन्द्रबहादुर कठायतको घरमा भएको आगलागीबाट प्रभावित परिवारलाई सामाजिक अभियन्ता...
मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

मकवानपुरको बकैयामा जमिन भासिएपछि १५ घर क्षतिग्रस्त, ८५ परिवार जोखिममा

हेटौँडा /  लगातारको वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–६ स्थित ठूलो ज्यामिरे लगायतका क्षेत्रमा जमिन भासिने र चिरा पर्ने क्रम...

एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी प्रवेश रास्वपा

हेटौँडा / कैलाश गाउँपालिका नेकपा एमाले युवा संघका अध्यक्ष भीम लामाको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्...
हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडामा स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक घाइते

हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीस्थित सयफुटमा सोमबार बिहान स्याउ बोकेको टेलर दुर्घटना हुँदा चालक र सहचालक ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"