एक बर्ष भित्र देशलाई पुर्ण विद्युतिकरण घोषणा गर्ने – प्रधानमन्त्री दाहाल
हेटौंडा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एक बर्ष भित्र देशलाई पुर्ण विद्युतिकरण घोषणा गर्ने बताएका छन् । शुक्रबार हेटौंडाको ४००० मेघा वाट ४०० के भी विद्युत प्रसारण लाइन सबस्टेसनलाई उद्धघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैकल्पिक उर्जा सहित ९९ प्रतिशत जनतामा विद्युतको पहुच पुगेको जनाउदै यस्तो बताएको हो ।
उनले विद्युतको पहुच मात्र नभई आन्तरिक रुपमा विद्युतको खपत बढाउन भर पर्दो र सुरक्षित सेवा प्रवाह गर्न उच्च प्राथमिकताका साथ काम गर्न विद्युत प्राधिकरण र उर्जा मन्त्रालयलाई निर्देशन समेत दिए । विद्युत व्यापारको योजना अनुसार भारत, चिन र बंगलादेश सम्म पुर्याउने आधार तयार रहेको र ४० मेघा वाट विद्युत भारत हुदै बंगलादेश तर्फ निर्यात हुने उनले बताए । हेटौंडा सबस्टेसनलाई ढंल्केबार सबस्टेसन सम्म जोड्ने ४०० केभि लाइन प्रसारणमा अवरोध रहेकाले बाधक नबन्न स्थानिय जन - समुदायलाई उनले अनुरोध ...
