बागमती प्रदेश

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रगति विवरण सार्वजनिक

Breaking news 3, अपराध/ अनुसन्धान, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, सुरक्षा र कुटनिती
हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले गरेका काम तथा प्रगतिको विवरण सार्वजनिक गरेका छन् । उनले आज बुधबार पत्रकार सम्मेलनका बीच आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । एसपी खत्रीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरमा साइबर अपराधसम्बन्धी १ सय २६ वटा घटना दर्ता भएका छन् । तीमध्ये फेसबुक आइडी ह्याक भएका २९ वटा, नक्कली फेसबुक आइडीसम्बन्धी ४७ वटा तथा टिकटक लगायत अन्य सामाजिक सञ्जालसँग सम्बन्धित ५० वटा घटना रहेका छन् । यस्तै, अनलाइन ठगी तथा स्क्यामसम्बन्धी ३ सय ५४ वटा निवेदन प्रहरीसमक्ष परेकोमा ३५ वटा निवेदनमा आवश्यक कारबाही तथा अनुसन्धानको काम अघि बढाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ मा लागूऔषधसम्बन्धी २ सय १४ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ४ सय ४ जना पक्राउ परेका...
मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

मकवानपुरगढी ३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरका अध्यक्ष वसन्त अधिकारीले भूमिसम्बन्धी समस्या समाधानका लागि केन्द्रमा समिति गठन भएलगत्तै जिल्लामा पनि समिति गठन गरी काम अघि बढाइएको बताउनुभयो । मकवानपुरलाई लालपुर्जा वितरणमा देशकै अग्रणी जिल्ला बनाउने उद्देश्यसहित काम सुरु गरिएको उहाँको भनाइ छ । अधिकारीका अनुसार हाल मकवानपुरगढीका ५७, बागमती गाउँपालिकाका ८८ र बकैया गाउँपालिकाका ५१ गरी २०२ वटा लालपुर्जा वितरणको प्रक्रियामा छन् । उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि ती लालपुर्जा वितरणको काम अघि बढाइने बताउनुभयो ।...
हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

हेटौँडा –१० मा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार, स्थानीय तह विशेष
हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ । तामाङ समुदायको भाषा, लिपि, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले २०८० सालमा शिलान्यास गरी संग्रहालय निर्माण सुरु गरिएको हो । निर्माणका लागि आर्थिक वर्ष २०८०÷८१ मा हेटौँडा उपमहानगरपालिकाबाट ३० लाख, वडा नम्बर १० बाट ११ लाख र व्यक्तिगत स्रोतबाट ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष रोशन गोलेले बताउनुभयो । यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकामा थप ३० लाख र १५ लाख रुपैयाँ बजेट प्राप्त भएको अध्यक्ष रोशन गोलेको भनाई छ ।आर्थिक वर्ष २०८२÷८३ मा हेटौँडा उपमहानगरपालिकाबाट ४० लाख रुपैयाँ तथा बागमती गाउँपालिका र भीमफेदी गाउँपालिकाबाट ५÷५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । चालु आर्थिक वर्ष २०८३÷८४ मा हेटौँडा उपम...
रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको सहभागितामा खाद्यान्नलगायत आवश्यक सामग्री संकलन गरिएको हो । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले राहत संकलन कार्य आज बेलुका ५ बजेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । संकलित राहत सामग्री भोलि नै नुवाकोट लगिने उहाँले बताउनुभयो । विपद्मा परेका परिवारको पीडामा केही राहत पु¥याउने उद्देश्यले स्वेच्छिक रूपमा खाद्यान्न, चाउचाउ, बिस्कुट, कपडालगायतका सामग्री सहयोग भइरहेको गौतमले बताउनुभयो । उहाँले विपद्को समयमा मानवीय सहयोग र एकताको आवश्यकता रहेको भन्दै सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट प्रभावित रसुवा, नुवाकोट तथा धादिङलगायतका क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सहयोगमा जनप्रतिनिधिहरूले समेत आफ्नो सेवा सुविधा कटौती गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले तीन महिनाको सेवा सुविधा बाढीपीडितका लागि उपलब्ध गराउने घोषणा गरेका छन् भने अन्य जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रहअनुसार गाउँपालिकाले आवश्यक उद्धार सामग्री सुपारेटार ब्यारेकलाई हस्तान्तरण गरिसकेको छ । बाढी प्रभावित क्षेत्रमा थप राहत ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । साथै, प्रदेश सरकारसँग सम्बन्धित आवश्यक राजनीतिक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको जनाएको छ । बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार गठन वा सत्ता साझेदारीका विषयमा पार्टीको निर्देशनबिना कुनै पनि गतिविधिमा सहभागी नहुन प्रदेशका संसदीय दल तथा प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको हो । राप्रपाले हालको अवस्थामा प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्रको सहकार्यमा नै गठन हुने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय अध्यक्ष लिङ...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर र सर्वधर्म समाज नेपालको संयुक्त आयोजनामा सम्पन्न र्‍यालीमा जनप्रतिनिधि, विभिन्न धर्मसँग आबद्ध संघसंस्था, सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । हेटौंडा–४ स्थित हुप्रचौरबाट सुरु भएको र्‍याली शहरका मुख्य सडक हुँदै हेटौंडा–२ को संगमचोकमा पुगेर सभामा परिणत भएको थियो । सहभागीहरूले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिने विभिन्न नारासहित शान्तिपूर्ण रूपमा र्‍याली सम्पन्न गरेका थिए । सभाको प्रारम्भमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा सिरहामा हालै भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिने...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश
हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न गर्न मातहतका कर्मचारी तथा आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी तथा मन्त्रालयस्तरीय समस्या समाधान समिति ९एमड्याक० बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले चुनौतीपूर्ण परिस्थितिका बीच पनि मन्त्रालयले सन्तोषजनक प्रगति हासिल गरेको बताउनुभयो । उहाँले सीमित बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्दै क्रमागत तथा बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको उल्लेख गर्नुभयो । बैठकमा प्रदेशका १३ ल्लाअन्तर्गतका २३ शाखा कार्यालयले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । समीक्षा क्रममा आयोजना कार्यान्वयनका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे छलफल भएको थियो । कार्यक्रममा मन्त्रालयका सचि...
बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

बागमती सरकारबाट एमाले बाहिरिँदै, आज ६ मन्त्रीको राजीनामा

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, राजनीति, समाचार
हेटौंडा /  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले आज सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । एमालेबाट सरकारको नेतृत्व गरेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सबै मन्त्रीले राजीनामा बुझाउने तयारी गरिएको छ । पार्टी नेतृत्वले यसअघि दुई पटकसम्म राजीनामा रोक्दै आएको भए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे भएको छलफलपछि मन्त्रीहरूलाई राजीनामा दिन स्पष्ट निर्देशन प्राप्त भएको पौडेलले बताएका छन् । एमालेका तर्फबाट सरकारमा कृषि मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन...
ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

Breaking News 2, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका रूपमा विस्तार गर्ने तयारीप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । मंगलबार जारी गरेको ध्यानाकर्षण पत्रमार्फत श्रेष्ठले विकास र भौतिक पूर्वाधार निर्माण राज्यको दायित्व भए पनि विकासको नाममा स्थानीय सभ्यता, नागरिकको थातथलो तथा ऐतिहासिक पहिचान विस्थापित गर्न नहुने बताएका छन् । उनले उक्त सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डअनुसार केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५र२५ मिटर र सेटब्याकसहित विस्तार गर्दा वातावरणीय, सामाजिक तथा सांस्कृतिक संकट सिर्जना हुने चेतावनी दिएका छन् । श्रेष्ठका अनुसार ऐतिहासिक ख्वाकोटदेखि सिपाडोल, लघु हुँदै पनौतीसम्मको क्षेत्र जीवित इतिहास, संस्कृति तथा प्राचीन नेवारी सभ्यताको केन्द्र हो। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेका य...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"