मनोरञ्जन

“मकवानपुरको डाँडैमा” बोलको सेलो गीतको अडियो सार्वजनिक (अडियो सहित)

“मकवानपुरको डाँडैमा” बोलको सेलो गीतको अडियो सार्वजनिक (अडियो सहित)

Breaking News 2, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । शुभराज भोम्जनको शब्द, संगीत गायक आस्मान लोप्चन र गायिका सुमिना लोको स्वरमा रहेको “मकवानपुरको डाँडैमा” बोलको सेलो गीत सोमबार सार्वजनिक भएको छ । आइतबार लाबा मिडिया युट्युब च्यानल मार्फत गीतको अफिसियल अडियो सार्वजनिक गरिएको हो । लाबा ग्रुपको प्रस्तुतीमा तयार भएको गीतको एरेञ्ज जोगलाल लामाले गर्नुका साथै रेकर्ड र मिक्सिङ भने अर्पन थिङले गरेका हुन् । प्रतिज्ञा लामा र निर योञ्जनको सयुक्त लगानिमा बनेको उक्त गीतको अफिसियल भिडियो भने आउदो अप्रिलमा खिच्ने योजना रहेको बताएका छन् । गीतको पोस्ट प्रोडक्सन भने लाबा मिडियाले गरेका हुन् । Audio link here  https://youtu.be/Y4nbRVXj_Gk?si=BJm6Gsv5bRTE4qfN...
जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

जिन्लाप तामाङको ‘कोरियाको शहरमा’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक

Breaking News 1, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । गायक जिन्लाप तामाङको स्वरमा रहेको कोरियाको शहरमा बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक जिन्लाप तामाङको आधिकारिक युट्युब च्यानल जिन्लाप तामाङ मार्फत सनिबार सार्वजनिक गरिएको हो । जिन्लाप तामाङको शब्द,संगीत र स्वरमा बनेको गीतको भिडियोमा समेत गायक तामाङ स्वयमले अभिनय गरेका छन् । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई शुभराज भोम्जनले निर्देशन गरेका छन् । मनोज थापा मगरको मिक्सिङ गरेको गीतमा एम स्टुडियोमा रेकर्ड गरेको थियो । त्यसैगरी जोन राईको भिडियो सम्पादन रहनुका साथै अमिर योञ्जनले छायाँकन गरेको थियो । गीतमा परदेशीनु पर्दाको पिडा र अवस्थालाई दर्शाउने प्रयास गरेको छ । Video Here  https://youtu.be/LM532OXfJwA?si=OFvCCe8jinuccKdW...
हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक

Breaking News 1, अर्थ, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । गत छुसकमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा सम्पन्न भएको हिमालयन सांगीतिक धमाका २०२४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइतबार सौलको पुर्वी नेपाल समाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर आय व्यय सार्वजनिक गरिएको हो । आर्थिक संयोजक पासाङ शेर्पाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कार्यक्रममा ४ करोड ३८ लाख १७ हजार ६ सय सात वन बराबरको आम्दानी भएको देखाइएको छ । त्यसैगरी ४ करोड ८ लाख ५१ हजार १ सय २० वन खर्च भएको देखाईएको छ । कार्यक्रमबाट जम्मा २९ लाख ६६ हजार ४ सय ८७ वन कुल मुनाफा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत छुसकमा भएको उक्त कार्यक्रममा अमेरीका देखि गायक निमा रुम्बा, जर्मनी देखि गिटारिष्ट सुनिल शाक्य, नेपाल देखि मिङमा शेर्पा र अस्मिता अधिकारी प्रस्तुतीको लागि कोरिया आइपुगेका थिए । आइतबार भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दोर्चि शेर्पाको अध्यक्षता रहनुका साथै ...
जनवरी ११ मा मःम च्यालेञ्ज हुँदै

जनवरी ११ मा मःम च्यालेञ्ज हुँदै

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, मुख्य समाचार
दक्षिण कोरिया । नेप्कोर र नेपाली थाई रेष्टुरण्टको आयोजनामा आउदो जनवरी ११ तारिखमा मःम च्यालेञ्ज हुने भएको छ । मनोञ्जन गराउने उद्धेश्यका साथ मःम च्यालेञ्ज आयोजना गर्न लागिएको आयोजक तेज गुरुङले बताएका छन् । प्रतियोगितामा १५ जनाले भाग लिन पाउनेछन् भने एक जनाको भागमा ३ प्लेट मःम पर्ने जनाएका छन् । जस्ले छिटो मःम खान सक्छन् सोही प्रतियोगि प्रतियोगिताको विजेता हुनेछन् । प्रतियोगितामा भाग लिनको लागि ३ मान वन दर्ता शुल्क लाग्ने जनाएको छ । विजेताहरुले विभिन्न पुरस्कारहरु पाउनेछन् ।...
‘ए ङाला ह्राङ्बा माया’ चलचित्रको हेटौंडामा विशेष प्रिमियर शो हुदैँ

‘ए ङाला ह्राङ्बा माया’ चलचित्रको हेटौंडामा विशेष प्रिमियर शो हुदैँ

Breaking News 1, मनोरञ्जन, समाचार
हेटौंडा/ तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ यही पुष २० गते हेटौंडामा विशेष प्रिमियर शो हुने भएको छ । शनिबार चलचित्र निर्माण टिमले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै शो हुने सम्बन्धमा जानकारी गराएको हो । उक्त चलचित्र हेटौंडाको ओम्याक्स हलमा शो हुने चलचित्र निर्माता तथा चलचित्रका नायक हुत्त सञ्जय लामाले बताए । प्रेम कथामा आधारित रहेको र बहु विवाहले निम्त्याएका समस्याहरुलाई चलचित्रमा देखाउन खोजेको निर्देशक लामाले बताए । मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको लामाले जानकारी दिए । यसै गरीचलचित्रको ट्रेलर सोही दिन एचएमएम मिडिया युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । लोसाङ लामा र इकेश लामा निर्मित चलचित्रमा बिस्वजंग माझीले सह(निर्देशकको भुमिका निभाएका छन् । कार्यक्रमा तामाङ पत्रकार संघं बागमती प्रदेश, ज्ञानेन्द्र लामा, सचीव...
पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै

पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै

Breaking News 2, कोशी प्रदेश, प्रदेश १, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । कोरियन चाड सलनालको अवसरमा पुर्वी नेपाल समाज अन्तर्गत रहेर आयोजना गर्न लागिएको सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको पोस्टर सयुक्त रुपमा २२ तारिख आइतबार सार्वजनिक गरिने भएको छ । सौलको दोङ्देमुन स्थित रहेको पुर्वी नेपाल समाजको सभाहलमा सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि पोस्टर सार्वजनिक गर्न लागिएको हो । एनसीसी दक्षिण कोरियाको सहजिकरणमा पुर्वी नेपाल समाज अन्र्तत खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको खोटाङ हलेसी सांगीतिक सौगात भाग-५ र पुर्वी नेपाल समाजको समन्वयमा भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाजले आयोजना गर्न लागिएको रात्रिकालिन कार्यक्रमहरुको सयुक्त रुपमा पोष्टर सार्वजनिक गरिने कार्यक्रममा सहभागि हुनको लागि आयोजकले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन् । खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रम जनवरी २९ तारिखको दिउसो हुनेछन् भने अन्य कार्यक्रम...
सलनालमा १९७४ एडी ब्याण्ड आउने पक्का, तर हल फाईनल हुन केही दिन लाग्ने

सलनालमा १९७४ एडी ब्याण्ड आउने पक्का, तर हल फाईनल हुन केही दिन लाग्ने

Breaking News 1, गण्डकी प्रदेश, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । आइतवार कास्की परिवार दक्षिण कोरियाको पत्रकार सम्मेलन भएको छ । कास्की परिवार दक्षिण कोरियाले कोरियन चाड सलनालको पहिलो दिन जनवरी २८ गते आयोजना गर्न लागिएको माछापुच्छ्रे सांगीतिक सौगात भाग ४ विषयमा जानकारी दिने हिसावले पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा आमन्त्रण गरिएको १९७४ एडी ब्याण्डका लगभग सबै कलाकारहरुले भिसा पाईसकेता पनि कार्यक्रम गर्ने हलको भने अझै टुङ्गो लागिनसकेको जनाएको छ । कार्यक्रम संयोजक खोम प्रसाद गुरुङले बताए अनुसार अर्को हप्ता सम्ममा हल पनि फाइनल हुने जनाएको छ । त्यसैगरी गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरीले हल फाइनल नभएको खण्डमा पनि कलाकारहरुको भिसा आइसकेकोले कार्यक्रम नहुने चान्स शुन्य रहेको बताएका छन् । आयोजकले बताए अनुसार कार्यक्रम सम्पन्न गर्नको लागि दशौ करोड वन सम्म पनि लाग्न सक्ने बताएका छन् । कार्यक्...
एनपीएलमा  पोखरालाई सुदूरपश्चिम रोयल्सले पाँच रनले हराउँदै प्लेअफमा

एनपीएलमा पोखरालाई सुदूरपश्चिम रोयल्सले पाँच रनले हराउँदै प्लेअफमा

Breaking News 2, खेलकुद, मधेस प्रदेश, मनोरञ्जन, समाचार
काठ्माण्डौँ/ नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सलाई पाँच रनले हराएको छ ।  सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभर चार बलमा एक सय ४८ रनमा अलआउट भयो । पाखेराका एन्ड्रीस गोसले सबैभन्दा धेरै ३६ रन बनाए । यस्तै रेमन रेफरले ३३ र किरण थगुन्नाले अविजित ३२ रन बनाए । सुदूरपश्चिमका स्कट कुगेलेइनले पाँच विकेट लिए । यस्तै हर्मित सिंहले तीन र सैफ जइबले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनायो । सुदूरपश्चिमका आरिफ शेखले अविजित ४२ रन बनाए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । पोखराका कप्तान कुशल भुर्तेलले दुई विकेट लिए । यस्तै रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए । यो जीतसँगै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको प्लेअफमा पु...
दक्षिण कोरियामा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

दक्षिण कोरियामा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

Breaking News 2, प्रमुख समाचार, प्रवास, मनोरञ्जन, समाज
दक्षिण कोरिया । तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होछार तथा नेपालको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा दक्षिण कोरियामा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । आउदो जनवरी २८ सलनालको पहिलो दिनमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो । मञ्जुश्री संवत २८६१ ( सर्प वर्ग ) को स्वागतमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रीत थुप्रै कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाका महासचिव दावा फिञ्जो योञ्जन तामाङले लाबा मिडियालाई जानकारी दिएका छन् । घेदुङ द्धारा सञ्चालित शैक्षिक कल्याणकारी कोषको बृद्धि बिकासको निम्ती आयोजना गर्न लागिएको कार्यक्रम सफल पार्नको निम्ति सहयोग गर्नको लागि सार्वजनिक रुपमा आह्वान गरेका छन् । सौलको एच.डब्लु कन्भेन्सन हलमा आयोजना हुने कार्यक्रम दिउसो ४ बजेदेखि राती १० बजे सम्म कार्यक्रम हुने जनाएको छ ।  ...
तमु ल्होसारमा जालुमाया गुरुङको बेजोड प्रस्तुती रहने

तमु ल्होसारमा जालुमाया गुरुङको बेजोड प्रस्तुती रहने

Breaking news 3, प्रमुख समाचार, प्रवास, मनोरञ्जन
दक्षिण कोरिया । तमुहरुको प्रमुख पर्व एवम् नेपालको राष्ट्रिय पर्व तमु ल्होसारको अवसरमा तमु धीं दक्षिण कोरियाले भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । मुप्रि ल्हो ( गरुड वर्ग ) को विदाइ गर्दै सप्रि ल्हो (सर्प वर्ग ) को स्वागतमा तमु धीं दक्षिण कोरियाले सदाझै यस वर्ष पनि भव्य कार्यक्रमको आयोजना गर्न लागिएको हो । आउदो जनवरी ५ तारिखको दिन सौल स्थित एच. डब्लु कन्भेन्सन हलमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल देखि आमन्त्रीत गायिका जालुमाया गुरुङले बजोड सांगीतिक प्रस्तुती दिने संस्थाका अध्यक्ष रुपा गुरुङले लाबा मिडियालाई जानकारी दिएका छन् । कार्यक्रममा गायिका जालुमाया संगै अन्य थुप्रै स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिने जनाएको छ । गायिका गुरुङको भिषा समेत लागिसकेको आयोजकले जनाएको छ । कार्यक्रम भव्य र सभ्य ढङ्गले सम्पन्न गराउनको लागि तिब्र गतिमा तयारी चलिरहेको जनाएको छ । कार्यक्रम दिउसो १२ ब...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"