बागमती प्रदेशमा भाषा दिवस उत्सवपूर्वक सम्पन्न
हेटौंडा / बहुभाषिक समाजको पहिचानलाई सम्मान गर्दै बागमती प्रदेशमा भाषा दिवस विशेष उत्साहका साथ मनाइएको छ । प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएपछि पहिलोपटक यो दिवस औपचारिक रूपमा भव्य रुपमा मनाइएको हो ।
बागमती प्रदेश सरकारअन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा तथा नेपाल तामाङ घेदुङ र नेवा: दबूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमअन्तर्गत बिहान हुप्राचौरबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो। र्यालीले बजार परिक्रमा गर्दै रोयल पार्टी प्यालेसमा पुगेर औपचारिक कार्यक्रमको रूप लिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रदेश सरकारले भाषिक अधिकार सुनिश्चित गर्न नीति र कार्यक्रमहरूलाई प्राथमिकता दिएको जानकारी दिए। उनले प्रदेश सभामा तामाङ भाषाक...








