समाचार

चोरीको आरोपमा हेटौंडा १८ का खतिवडा पक्राउ

चोरीको आरोपमा हेटौंडा १८ का खतिवडा पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौंडा / हेटौंडामा नगद रकम, गरगहना सहितका सामान चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडाका गोपि थापाको घरको झ्याल फुटाई कोठा भित्र रहेको नगद रकम, गरगहना र सामान चोरीको आरोपमा हेटौडा १८ बस्ने १७ वर्षिय नबिन खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । थापाको घरमा दराजबाट नगद तीन लाख, सुन १ तोला, मोबाईल १ थान, हाते घडी थान –२ चोरी भएको भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।...
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतमा मतदान गर्न ह्विप जारी गरेका हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न बैठक सकिएपछि प्रमुख सचेतक सन्तोष परियारले ह्विप जारी गरेको हो ।...
इरानका राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनामा निधन

इरानका राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनामा निधन

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी / इरानका राष्ट्रपति इब्राहिम रैसीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ । इरानी रेडक्रस र रेड क्रिसेन्टले आफ्ना उद्धारकर्ताले हेलिकप्टर दुर्घटना भएको अवस्थामा फेला पारेको जनाएका छन् । रेडक्रसका झण्डै ७३ उद्धार टोली रातभरी हेलीकोप्टरको खोजी तथा उद्धारमा खटिएकोमा हेलिकप्टर पुरै जलेको अवस्थामा फेला परेको हो । स्थानीय समय अनुसार आज बिहानै उद्धारकर्ताहरु दुर्घटनास्थलमा पुगेका हुन् । राष्ट्रपति रैसी सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ । इरानको इस्ट अजरबैजान प्रान्तको राजधानी शहर ताब्रिजतर्फ जाँदै गरेको हेलीकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा राष्ट्रपति रैसी, विदेशमन्त्री हुसेन अमिर अब्दुलाहियानसहित ९ यात्रु सवार रहेकोमा उनीहरु सबैको निधन भएको हो । राष्ट्रपतिको निधनले इरान शोकमा डुबेको छ ।...
नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । प्रधानमन्त्री दाहालले जेठ ७ गते सोमवार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पार्नुभयो । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई अध्यक्ष नेपालले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गरे ।...
बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ बागमती प्रदेश सरकारले जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आईतबार नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने बिषयमा जानकारी दिएको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।...
तराई मधेश द्रुतमार्गका लेनडाँडा सुरुङ ‘ब्रेक थ्रु’

तराई मधेश द्रुतमार्गका लेनडाँडा सुरुङ ‘ब्रेक थ्रु’

Breaking News 1, विज्ञान प्रविधि, समाचार
काठमाडौं /  काठमाडौं–तराई मधेश द्रुतमार्गका सुरुङ ‘ब्रेक थ्रु’ हुन थालेका छन् । मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु भएको हो । लेनडाँडा सुरुङ ब्रेक थ्रु वैशाखमा सक्ने योजना रहेको थियो । निर्धारित लक्ष्यअनुसार नै सुरुङ जेठ पहिलो साता ब्रेक थ्रु गरिएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ आगामी असोजभित्र ब्रेक थ्रु गरिसक्ने लक्ष्य छ । कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ रहने छ । लामो सुरुङका तीन प्याकेजमध्ये यसअघि ४.३२ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । यस आयोजनामा ८९ पुल बन्ने छ । जसले १२.८८ किलोमिटर ओगट्छ । धेद्रे–लेनडाँडा सुरुङमार्ग न...
प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने

Breaking news 3, राजनीति, समाचार
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार विश्वासको मत लिने भएको छ । चौथो पटक विश्वासको मत लिनेबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।...
कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो

कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो

Breaking news 3, राजनीति, समाचार
विराटनगर / नेकपा एमालेले कोशी प्रदेश सरकारमा पठाउने ३ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ । ‘अहिलेसम्म ३ जनाको नाम फाइनल जस्तै छ तर निर्णय भएको छैन’, एमाले संसदीय दल स्रोतले भन्यो, ‘सम्भवत आज उहाँहरु ३ जना जानुहुन्छ, माथिबाट ।’ एमालेले अन्य दुई जनालाई राज्यमन्त्री पनि नियुक्त गर्नेछ । हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा एमालेबाट राम राना बिनाविभागीय मन्त्री छन् । ९ मन्त्रालय रहेको कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय लिने सहमति गरिसकेका छन् । २ दलबाट एक–एक जना बिनाविभागीय मन्त्री छन् । एमालेले अब ३ र माओवादी केन्द्रले २ मन्त्री पठाउन बाँकी छ।...
हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राइड हुने

हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राइड हुने

Breaking News 1, बागमती प्रदेश, रोचक, समाचार
हेटौंडा/ हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस जेन्टलम्यान राईड हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा रोयल इन्फिन्ड फोरएको सहकार्यमा जेन्टलम्यान राइड हुन लागेको हो ।  जेठ ५ गते शनिबार उक्त कार्यक्रम हुने सम्बन्धमा ईन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । उक्त राइडमा महिला पुरुष दुवै सहभागि हुन पाउने र एक सय जना भन्दा बढी राइडरहरुको सहभागिता हुन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । हेटौंडा ४ भुप्रा चौर नजिकै रहेको सुत्र लन्जको प्राङ्गणबाट राइड सुरु गर्ने र हेटौंडा उपमहानगर परिसर परिक्रमा गरी समापन गरिने ईन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिए । राइडमा सहभागिता जनाउने ४ जना राइडरहरुले बिशेष उपहार समेत पाउने अध्यक्ष शाहीले बताए ।...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

Breaking News 1, राजनीति, समाचार, सुदूरपश्‍चिम प्रदेश
काठमाडौँ / सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज गरिदिएको छ । न्यायाधीशहरू प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र  सुनिल कुमार पोखरेलको इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेजी हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको  थियो । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले  रिट दायर गरेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्चले पूर्ण इजलासमा सुनुवाइको लागि पठाएको थियो ।  ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"