समाचार

पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा- शुक्रबमर काठ्माण्डौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्सनले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध कार्यक्रम निकालिएको छ ।     नेपाल पत्रकार महासंघ मकवानपुरले शनिबार विरोध सभा को आयोजना गरेको थियो । विरोध र्यालि हेटौँडा–२ पल्पसा हलबाट मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभा गरेको थियो । विरोध र्यालिमा पत्रकारको सुरक्षा ग्यारेन्टि गर, पत्रकार सुरेस रजकको हत्यारालाई कारवाही गर, पत्रकार हत्याको छानबिन गर, नागरिक स्वतन्त्रकाको रक्षा गर जस्ता नारा लगाएका थिए । सभालाई सम्बोधन गर्दै पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चार माध्यम माथिको आक्रमण नियोजित रूपमा भएको बताए । उनले सञ्चारकर्मीहरुले कुनै वंशको शासन नचाहेको समेत...
शुक्रबार भएको प्रदर्शनका, प्रहरीको बन्दुक खोस्ने सहित  १०५ जना पक्राउ

शुक्रबार भएको प्रदर्शनका, प्रहरीको बन्दुक खोस्ने सहित १०५ जना पक्राउ

Breaking news 3, अपराध/ अनुसन्धान, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएकाहरुलाई पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेको बताईएको छ । प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको जनाएको छ । तर, उनको नाम भने खुलाइएको छैन । राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।...
तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठ्माण्डौ-  सरकारले काठमाण्डौको तीनकुने क्षेत्रमा शुक्रकबार भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । शुक्रकबार बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र आउँदा दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।...
हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

हिंसा भड्काउनेलाई कारबाही गर्न कांग्रेसको माग,पश्चगमनका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठ्माण्डौ - नेपाली कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न माग गरेको छ । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले वक्तव्य निकालेर काठमाण्डौको तीनकुने लगायत क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको निन्दा गरेका छन् । वक्तव्यमा संविधानसभाबाट वर्तमान संविधान बनेको स्मरण गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन वर्तमान संविधानभित्रैबाट खोज्न आग्रह गरिएको छ । नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको भन्दै कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकोमा जोड दिएको छ । यसैबीच नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख...
मनहरीमा बस र म्याजिक ठोक्किदा कोईरालाको मृत्यु, स्थानियद्धारा  पुर्व पश्चिम राजमार्ग अवरोध

मनहरीमा बस र म्याजिक ठोक्किदा कोईरालाको मृत्यु, स्थानियद्धारा पुर्व पश्चिम राजमार्ग अवरोध

Breaking news 3, समाचार
हेटौंडा - मकवानपुरको मनहरी गाउँपालिकामा  बस र म्याजिक ठोकिदा सन्देश कोईरालाका मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्ड मनहरी –६ लोथरमा शुक्रबार बिहान दुर्घटना भएको हो ।   चितवनबाट हेटौडा तर्फ आउदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवन तर्फ जादै गरेको बा प्र ०३–००१ च ३०१२ नंबरको म्याजिक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा म्याजिक गाडी चालक राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षिय कोईरालाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै मृतकका आफन्तजन र स्थानियद्धारा लोथर बजारस्थित पुर्व पश्चिम राजमार्ग आज बिहान ७ बजे देखि अवरोध गरेका छन् ।...
नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र  तयारीका विषयमा गहन छलफल

नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र तयारीका विषयमा गहन छलफल

Breaking News 2, प्रमुख समाचार, मुख्य समाचार, समाचार, सूचना प्रबिधि
हेटौंडा - मकवानपुरमा नयाँ पुस्ताको पत्रकारिताका अवसर, चुनौती र आवश्यक तयारीका विषयमा गहन छलफल भएको छ । स्वतन्त्र पत्रकार संघ, मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, युवा पत्रकार जमुना थिङ वक्ताका रूपमा उपस्थित रहेका थिए । छलफल कार्यक्रममा वरिष्ठ पत्रकार विष्टले पत्रकारिताको विगत र वर्तमान अवस्था तुलना गर्दै नयाँ पुस्ताका पत्रकारहरूका लागि चुनौतीभन्दा अवसर बढी रहेको बताउनु भयो । विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त रहेको तर अहिले प्रविधिको विकास भए पनि सामग्रीको गुणस्तर र अनुशासनमा कमी देखिएको उहाँको बुझाई छ । उहाँले प्रविधिको प्रयोगसँगै पत्रकारिताको गति तिव्र भए पनि समाचारको गहिराइ र विश्वसन...

जनता समाजवादी नेपाल मकवानपुरमा विवाद

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
हेटौंडा - जनता समाजवादी नेपाल मकवानपुरको जिल्ला अधिबेशनको बिषयलाई लिएर विवाद भएको छ । बिधि विधान र बिना जानकारी मनोमानी ढंगले अधिवेशन गर्न लागिएको भन्दै विरोध भएको हो । बिहिबार पत्रकार सम्मेलन सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष सोमबहादुर घलानले सशक्त ढंगले आफ्नो गतिबिधि अगाडी बढाइरहदा पनि केन्द्रिय उपाध्यक्ष विद्युत बज्राचार्यले व्यक्तिगत रिस साँधि पार्टीलाई जबर्जस्त आन्तरिक विवादमा फसाई लथालिङ्ग पारिदिएको आरोप लगाउनुभएको छ । मनोमानी पूर्ण ढंगले व्यक्ति केन्द्रित हुने अधिवेशनको घोर भत्सर्ना गर्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । संगठन विभागको विधिलाई समेत बेवास्ता गरी केही अराजक तत्वहरु जिल्ला अधिवेशन गराउन लागिपरेकोले त्यस तर्फ सचेत रहन पनि आग्रह गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष सोम बाहादुर घलान, सचिव दिपक सिन्तान सहितको हस्ताक्षरित प्रेस विज्ञप्तिमा विवादित का...

हेटौंडा -१ चौकीटोलमा खुकुरी प्रहार गरी देवरद्धारा भाउजुको हत्या

Breaking News 2, समाचार
हेटौंडा /  हेटौंडा उपमहानगरपलिका वडा नम्बर १ चौकीटोलमा खुकुरी प्रहार गरेर आफ्नै देवरले भाउजुको हत्या गरेको छ । ३५  को गुडिया दासलाइ आफ्नै देवर रमेश दासले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । बुधबार राति ९ बजे हत्या भएको प्रहरीले थाहा पाएको थियो । आफ्नै घरमा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको खवर प्रहरीलाइ आएपछी अनुसन्धान टोलीले अनुसन्धान गर्दा घरायसी विषयमा विवाद हुदा घटना घटेको प्रहरीले जनाएको छ । यस्तै २८ बर्षिय रुपेश दासलाई निजको भाई रमेशलेनै खुकुरी प्रहार गरी टाउको, दाहिने हात, करङको भागमा चोट लागी गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाइते दासको भने हेटौंडाको शहकारी अस्पतालमा उपचार भईरहेको छ । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोे छ । रमेशलाई प्रहरीले ख...

दक्षिण कोरियामा डडेलोले २४ जनाको मृत्यु , २७ हजार मानिस विस्थापित

Breaking news 3, अन्तर्राष्ट्रिय, समाचार
दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले २४ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित भएका छन् । आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । आगलागीले उइसेओङ शहरमा रहेको १३ सय वर्ष पुरानो मन्दिर ध्वस्त बनाएको छ । यद्यपि, धेरै सांस्कृतिक सम्पदाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको र १९ जना घाइते भएको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ । टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक...
मकवानपुरका ११८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित

मकवानपुरका ११८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
हेटौंडा/ चेपाङ समुदायको मानव अधिकार व्यवस्था सम्बन्धि परामर्श कार्यक्रम आइतबार हेटौंडामा भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा राष्ट्रिय जनवकालत मञ्चको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा चेपाङ समुदायको अवस्था र चेपाङहरुको मानव अधिकार अध्ययन प्रतिवेदन २०८१ मस्यौदा को विषयमा मानव अधिकारकर्मी किरण बरामुले प्रस्तुतिकरण दिनु भएको थियो । चेपाङ समुदायको आर्थिक सामाजिक सास्कृतिक शैक्षिक अवस्थामा केन्दृत प्रतिवेदन अनुसार, अव्यवस्थित विकास र क्रसर उध्योग ले चेपाङ समुदायमा असर परिरहेको जनाइएको छ । मकवानपुरका मात्रै १ सय १८ चेपाङ घर अव्यवस्थित खानीका कारण प्रभावित बनेको प्रतिवेदनमा उल्लेख छ । उहाँले चेपाङ समुदाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसुची अनुसार अति सिमान्तकृत आदिवासी जनजाति समुहमा सुचिकृत भएको बताउनुभयो । नेपालमा २०७८ को जनगणना अनुसार चेपाङको जन...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"