काठमाडौँ / नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुरनगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
ईकान्तिपुरबाट साभार गरिएको,
हेटौंडा / वागमती गाउँपालिका राईगाउँ भण्डारी टोल निवासी शेर बहादुर माझी बेपत्ता भएका छन् । ५.७ इन्च उचाई भएको २९ बर्षीय माझी माघ १७ गते रातिदेखि सम्पर्क बिहिन भएका हुन् ।
राम्ररी बोल्न नसक्ने तथा सुस्तमनस्थितिका माझी गत बुधबारदेखि घरबाटै बेपत्ता भएका हुन् । माघ १८ गते बिहान ०७ः४५ बजे माझी बकैयाको–६ गंगटे खोल्सीबाट हेटौंडा–१८ फुर्केचौरसम्म सिसिटिभी फुटेजमा देखिएको उनका काका मनोज माझीले बताए । उनका अनुसार रातो वर्ण भएका बेपत्ता माझीले कालो ज्याकेट, कालो टोपी, कालो मास्क, जिन्सको पाईन्ट र जुत्ता लगाएका छन् । परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन समेत दिदा फेला पार्न नसकेको बताएको छ ।...
हेटौंडा/ बौद्ध मार्गैले बोलको सोनाम ल्होछार तामाङ सेलो गित बिहिबार सार्वजनिक भएको छ । ओपेरा डिजिटल प्रालिको आधिकारीक युटुब च्यानलमा (बौद्ध मार्गैले) बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
अनराज मुक्तान तामाङको संगित रहेको रहेको विक्रम लुङवा, अनराज मुक्तान तामाङ, धिरेन लामा, बबिता पाख्रिन, सुजना रुम्बा, बिमला थिङले स्वरमा साथ दिएका छन् । यसै गरी भिडियोमा विक्रम लुङवा, सुष्मा थिङ, विश्वास लामा , कस्मिता पाख्रिनको अभिनय रहेको छ भने भिडियोकोे निर्देशकमा धिरेन लामाले साथ दिएका छन् ।
तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने महान चाड सोनाम ल्होछारको जागरण र गतिबिधीलाई समेटेको नायक तथा संगितकार विक्रम लुङ्बाले बताए । तामाङ भेष भुषा र संस्कारलाई झल्काउने भिडियोको विशेषता रहेको उनले बताएका छन् ।
पुरा भिडियो हेर्नुहोस ,
https://www.youtube.com/watch?v=x0OqtTLqgxM...
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको प्रदेश नम्बर– १ पुन नामांकन संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।
माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । बुधबार बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । कोशी सरकारले आन्दोलनरत पक्षसंग वार्ता...
हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका स्थानीय स्काउट परिषदमा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
माघ २२ गते भएको निर्वाचन कार्यक्रममा सम्पूर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिए । स्काउट परिषद सदस्य निर्वाचित हुनेहरुमा स्काउटरहरु अनन्त पौडेल, सुजन अर्याल, जगदिश्वोर पोखरेल,रोशनी दर्जी र संजिता मगर रहेका छन् । आवश्यक सङ्ख्यामा मात्र उमेदवारी परेपछि मतदान प्रक्रियामा जानु नपरेको र निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत गौतमले बताए । निर्वाचित घोषणासँगै निर्वाचन अधिकृत गौतमले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । मनहरी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष सदस्यको निर्वाचन गरिएको हो ।...
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र पीडितहरूको रकम फिर्ता गराउनेलगायतका विषयमा राजनीतिक दलहरूबीच सर्वदलीय बैठक हुनुपर्ने प्रस्ताव गरेका छन् ।
लामिछानेले बालुवाटार, बालकोट, बुढानिलकण्ठ र खुमलटार नभई मुसहर वा दलित बस्तीमा सर्वदलीय बैठक गरेर मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने प्रस्ताव राखेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा ठूला र पुराना राजनीतिक दलहरू सत्ता र नियुक्तिका लागि वा भ्रष्टाचारका फाइल खुल्दा सर्वदलीय बैठक गर्ने गरेका भन्दै लामिछानेले मुलुकका मुद्दामा सर्वदलीय बैठकको प्रस्ताव गरेका हुन् । त्यस्तो सर्वदलीय बैठकबाट विभिन्न पाँच मुद्दामा छिनोफानो गर्नुपर्ने लामिछानेको भनाइ थियो । त्यसमा सहकारी र लघुवित्तका पीडितहरूको विषयमा पनि सर्वदलीय बैठकबाट निर्णय हुनुपर्ने लामिछानेको भनाइ थियो ।...
हेटौंडा/ नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडम नम्बर ८ स्थित जन जागृति माध्यमिक विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने भएको हो । घलानले मंगलबार विद्यालयमामा पुगी एक थान प्रोजेक्टर सहयोग गर्ने घोषणा गरेको थियो । विद्यार्थीको अध्यापनमा सहज होस् भन्ने हेतुले आफुले प्रोजेक्टर सहयोग गर्न लागेको घलानले बताए बताएका छन् ।
घलानले फागुन १५ गते भित्र विद्यालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घलान राजनीति र सामाजिक कार्यमा उत्तिकै सक्रिय छन्। नेपाली कांग्रेसको ’समुदायमा कांग्रेस’ कार्यक्रम अन्तर्गत घलान उक्त वडामा जिल्ला प्रतिनिधिको रुपमा पुगेका थिए ।...
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची पनि छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ । पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य रहनु भएको थियो । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने जनाइएको छ ।...
हेटौँडा/ हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुन सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो ।
कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएपछि उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिए । उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको महाप्रबन्धक पाण्डेले दिएका छन् ।...