पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध
हेटौंडा- शुक्रबमर काठ्माण्डौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्सनले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चार माध्यममाथि भएको आक्रमणको विरुद्धमा हेटौंडामा विरोध कार्यक्रम निकालिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरले शनिबार विरोध सभा को आयोजना गरेको थियो । विरोध र्यालि हेटौँडा–२ पल्पसा हलबाट मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभा गरेको थियो ।
विरोध र्यालिमा पत्रकारको सुरक्षा ग्यारेन्टि गर, पत्रकार सुरेस रजकको हत्यारालाई कारवाही गर, पत्रकार हत्याको छानबिन गर, नागरिक स्वतन्त्रकाको रक्षा गर जस्ता नारा लगाएका थिए ।
सभालाई सम्बोधन गर्दै पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले राजनीतिक मुद्दाका आडमा पत्रकार र सञ्चार माध्यम माथिको आक्रमण नियोजित रूपमा भएको बताए । उनले सञ्चारकर्मीहरुले कुनै वंशको शासन नचाहेको समेत...





