समाचार

मकवानपुरगढी ८ मा भिरबाट खसेर कल्पनाको मृत्यु

मकवानपुरगढी ८ मा भिरबाट खसेर कल्पनाको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरको मकवानपुरगढी वडा नम्बर ८ ओखर डाँडाबाट खसेर कल्पना थिङको मृत्यु भएको छ । ३५ वर्षीय थिङको बिहीबार अपरान्ह भिरबाट खसेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ ।...
मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

Breaking News 1, समाचार
हेटौंडा / शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीको ज्यामिरेमा काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको बस दुर्घटना भएको छ । मकवानपुर जिल्लाको मनहरी ९ मा यात्रुवहाक बस दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएको हो । बसको अगाडीको पट्टा भाचिएर भएको दुर्घटनामा २० जना घाईते भएको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । सामान्य घाइते भएका ११ जनालाई स्थानीय मेडिकल र ९ जनालाई चितवनतर्फ उपचारका लागि पठाइएको जनाएको र बस तथा चालक मनहरी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।...
२४ जनाले गरे रक्तदान

२४ जनाले गरे रक्तदान

Breaking News 2, समाचार, स्वास्थ्य
मकवानपुर / टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । हेटौंडा–१९ बस्तीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नरनाथ सुवेदीले रक्तदान महादान भन्दै मानवीय सेवामा समर्पित हुन सबैलाई आग्रह गरे । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरु, सदस्यहरु स्याम कुमार रिमाल, अन्जु पन्डित, वडा समन्वय समितिका अध्यक्षहरु क्रमश हेटौंडा–१९ का देवेन्द्र अर्याल, ३ का रोशन गोले र ११ का यज्ञ बहादुर आचार्य लगायत सहभागी थिए । समितिले भोलि १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको...
क्रिकेटर लामिछानेको अमेरिकाको भिसा पुनअस्वीकृत

क्रिकेटर लामिछानेको अमेरिकाको भिसा पुनअस्वीकृत

Breaking news 3, समाचार
काठमाडौँ / क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो । परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो । तर, भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आ...
सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो । प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अन्य व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको विषयमा प्रश्न सोध्दा जिल्ला अदालत धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले आफूलाई पक्राउ पुर्जी जारी भएको बारे जानकारी नहुने बताए । प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ सबै जानकारी नहुने उनले बताए ।...
हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत ४१ जना मजदुरले माओवादी त्याग्दै नेकपा एसमा प्रवेश गरे

हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत ४१ जना मजदुरले माओवादी त्याग्दै नेकपा एसमा प्रवेश गरे

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ हेटौंडा सिमेन्ट उद्योग नेकपा माओवादी केन्द्र निकटका अखिल नेपाल औद्योगिक मजदुर सङठनका ४१ जना मजदुरहरुले सङगठन परित्याग गरेका छन् । संगठन परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी निकट एकीकृत ट्रेड यूनियन महासंघको घटक संगठन नेपाल औद्योगिक मजदुर संगठनमा प्रवेश गरेका छन् । मजदुर संगठन इकाई कमिटी हेटौंडा सिमेन्ट उद्योग लिमिटेड गठन गर्ने भन्दै दिपक सिं थोकरको संयोजकत्वमा तदर्थ समिती समेत गठन गरिएको हो । समितिमा काशीनाथ सुवेदी , भरत ठाकुर , अनिलकुमार महासेठ , राम बहादुर थापा , गजेन्द्र कुमार पण्डित , भिमबहादुर वाइबा , शुसिला भ्लोन , जुनु अधिकारी , छुनु अधिकारी , कौशल कुमार शाह , सन्तोष प्रधान लगायतका रहेका छन् । नवगठित समितिलाई बधाई दिन्दै एकीकृत ट्रेडयूनियन महासङ्गका केन्द्रिय उपाध्यक्ष दिनेश राई , पार्टी का केन्द्रिय सदस्य मुनु सिग्देल , नगर प्रमुख मिनाकुमारी लामा , प्रदेश कमिटी सदस्य...
भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं- ६ जुरीखेतमा कार दुर्घटना भएको छ । दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एक पुरुष र एक नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न भने बाँकी छ । भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका थिए । जसमा पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने नाबालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते मध्ये एक महिलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको पुरा बिवरण भने आउँन बाँकी छ । यसमा तपाइको मत...
इन्द्रसरोबरका रुम्बाको करेन्ट लागेर मृत्यु

इन्द्रसरोबरका रुम्बाको करेन्ट लागेर मृत्यु

Breaking news 3, समाचार, स्थानीय तह विशेष
हेटौंडा /  मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं-५ बाघखोरमा करेन्ट लागेर रोहित रुम्बाको मृत्यु भएको छ ।  १३ बर्षीय रुम्बाको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो बाघखोरस्थितमा रोड निर्माणको लागि खडा गरेको अमर कन्ट्रक्सनको बाघखोर क्रसरको ट्रान्समिटरको तारमा छुन जाँदा अचानक करेन्ट रुम्बाको मृत्यु भएको हो । उनी मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगेको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
नेपाल भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

नेपाल भारत मैत्री संघको प्रदेश र जिल्ला कमिटी चयन

बागमती प्रदेश, समाचार
हेटौंडा /  जेष्ठरनेपाल भारत मैत्री संघको बागमती प्रदेश कार्यसमिति मनोनयनका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौंडामा नेपाल भारत मैत्री संघ आयोजनामा प्रदेश कार्यसमिति मनोनयन गरिएको हो । संघको बिधानअनुसार प्रदेशबाट प्रतिनिधित्व केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष हुने र प्रदेश अध्यक्षले प्रदेश कार्यसमिति चयन गर्ने प्रावधान अनुरुप केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश अध्यक्ष माधवप्रसाद तिमल्सिनाले प्रदेश कार्य समिति मनोनयन गरेका हुन् । प्रदेश कार्यसमिति उपाध्यक्षमा नारायण श्रेष्ठ, सचिवमा बिनोद न्यौपाने, कोषाध्यक्षमा तिलक बहादुर न्यौपाने, सदस्यहरुमा बविन लिगल, देबी सुवेदी लगायत मनोनित भएकाछन् । त्यस्तै मंगलबार नै सरोज अधिकारीको अध्यक्षतामा मकवानपुर जिल्ला कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा उमा निरौला र बिनोद थापा, सचिवमा गंगा प्रसाद पौडेल, कोषाध्यक्षमा राजे...
बहुउद्देश्यीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बहुउद्देश्यीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार
हेटौंडा / मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा एक दिवसीय ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हेटौडाको रोयल प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि प्रदेश सहकारी विकास वोर्डको उपाध्यक्ष नारायणप्रसाद देवकाटाले सहकारी संस्थाहरु नीति र बिधिमा आधारित भएर सञ्चालन हुनुपर्ने बताए । उनले पछिल्लो समयमा सहकारीमा उत्पन्न जटिलताले सबै सशंकित भएतापनि मकवानपुरमा यस्तो जटिलता हालसम्म नआएको बताए । देवकोटाले सहकारीहरुलाई उत्पादनसँग जोडर लगानी गर्न अनुरोध गर्दै सहकारीमा सुशासन र प्रविधिमैत्री बनाई सेवा प्रदान गर्न आग्रह गरे । कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका घिमिरे दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रशिक्...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"