समाचार

पोखरा स्कुल बस दुर्घटना – आमा छोराको मृत्यु

पोखरा स्कुल बस दुर्घटना – आमा छोराको मृत्यु

Breaking news 3, समाचार
पोखरा / पोखराको मट्टीखान नजिकै भएको स्कुल बस दुर्घटनामा एकजना विद्यार्थीको पनि मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विकको मृत्यु भएको हो । यसअघि सोही घटनामा उनकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो । आरती स्कुल बसमा सहयोगी थिइन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१८ नम्बरको बस सडकबाट पल्टिएको हो । रातोपाटी बाट...
बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/  बागमती प्रदेश सरकारले मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । शनिबार बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको छ ।  मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट ४ जना मन्त्री नियुक्त गरेका छन् । हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय , सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ पनि गराएका छन् । बिहिवार बागमती प्रदेशको आर्थिक मामिला मन्त्री नियुक्त भएर शपथग्रहणको लागि तयार भएका प्रभात तामाङ मन्त्रिपरिषद्बाटै बाहिरिएका छ्न् । तामाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिएपछि रुष्ट बनेका कुन्दनराज काफ्लेले मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर असन्तुष्ट जाहेर गरेपछि...
हेटौंडामा ५ जना नक्कली परीक्षार्थी पक्राउ

हेटौंडामा ५ जना नक्कली परीक्षार्थी पक्राउ

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
हेटौँडा / हेटौंडामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार २ विद्यालयबाट डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार सिद्धार्थ माध्यमिक विद्यालय र भुटनदेवी माध्यमिक विद्यालयबाट ५ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो । हेटौंडा –४, स्थित भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ४ जना र हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट १ जनागरी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । प्रहरीले भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट बारा पर्वानीपुर नगरपालिका–२ का २० वर्षीय नरेन्द्र महतोले रौतहट घर भएका १९ वर्षीय असाव आलमको नाममा परीक्षा दिइरहेका थिए ।  चितवनको भरतपुर महानगरपालिका–८ ...
राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान

Breaking News 2, समाचार
हेटौंडा / अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटीको संयुक्त आयोजनामा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न बिद्यालयबाट २०८० मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका क्रममा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने २३ जना विद्यार्थीलाई सम्मानित गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि अतिथि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले समाज परिवर्तन र विकासको लागि शिक्षा महत्त्वपूर्ण भएको बताईन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष अशोक थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपामा (माओवादी केन्द्र) मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव वीर बहादुर घलान (ज्वाला) , जिल्ला समन्वय ...
काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा हुने वृहत् अन्तरक्रिया कार्यक्रमको तयारी पुरा

काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा हुने वृहत् अन्तरक्रिया कार्यक्रमको तयारी पुरा

Breaking News 2, प्रमुख समाचार, प्रवास, राजनीति, समाचार
शुभराज भोम्जन  दक्षिण कोरिया । नेपाली काँग्रेसको महामन्त्री तथा युवा नेता गगन कुमार थापाको उपस्थितिमा आयोजना हुन लागिएको वृहत अन्तरकृया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति भजिन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।   नेपाली काँग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका आयोजनामा जुलाई २८ तारिख कोरियाको राजधानी सौलको गुमिन ह्वेग्वानमा उक्त वृहत् अन्तरकृया कार्यक्रमको आयोजना हुन लागिएको हो । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभाग प्रमुख किरण पौडेलको विशेष आतिथ्यता हुने उक्त कार्यक्रममा नेपालको राजनीतिक घटनाक्रम, आर्थिक पक्ष एवम् प्रवासमा रहेका नेपालीहरूको मुलुक विकासमा रहेको योगदानको विषयमा गहन छलफल तथा अन्तरकृया हुने जनाएक...
विकास निर्माणमा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने-सभामुख घिमिरे

विकास निर्माणमा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने-सभामुख घिमिरे

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
हेटौंडा/  विकास निर्माणको काममा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने अवस्था आएको प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बाएका छन् । बिहीबार हेटौंडामा आयोजित युवा सिप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सिप विकास तालिम समारोहमा बोल्दै यस्तो बताएका हुन् । चुनौति आफैमा अवसर रहेको भन्दै , समाजिक, आर्थिक , राजनीतिक अनेक कुरालाई पार गर्न युवाको उपस्थिति हुन जरुरी रहेको बताए । बाहिरी मुलुकमा युवाको क्रान्ति र भुमिकाले देश परिवर्तन भएको स्मरण गर्दै नेपालमा पनि युवाको कारणले देश परिवर्तन हुने अपेक्षा व्यक्त गरे । मुलुकमा युवा नीति आवस्यक रहेको बताउदै अहिलेको अवस्थामा युवा मैत्री सरकार चाहिएको सभामुख घिमिरेले बताएका छन् । युवा परिषद्ले सिप वर्ष घोषणा गरेको बताउदै उद्यमशिल युवा , दक्ष युवा निर्माण गर्ने कार्य गरेको बताए । युवाहरु नमुनाको रुपमा प्रस्तुत हुनु पर्ने र युवा मैत्री देश चाहेको...
हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा बाल मैत्री घोषणा हुदै

हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा बाल मैत्री घोषणा हुदै

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा/  हेटौंडा उपहानगरपालिका वडा नम्बर २ बाल मैत्री स्थानिय शाषणयुक्त घोषणा हुदै छ । “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नाराका साथ साउन १२ गते शनिबार उक्त वडालाई बाल मैत्री घोषणा गरिने भएको छ । बिहीबार मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै बाल मैत्री घोषणा गरिने बारे जानकारी दिएको हो । हेटौडा उपमहानगरपालिका वडा नं. २ को आयोजनामा हुने निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रममा बृहत प्रभातफेरी सहित वडा परिक्रमा पश्चात एभोकाडो  रिसोर्टमा घोषणा कार्यक्रम समारोह हुने आयोजकले जानकारी दिएका छन् । नेपाल सरकारको मापदण्डको आधारमा बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरु मध्ये ४६ वटा सूचकहरु १०० प्रतिशत, ३ वटा सूचक ९६ प्रतिशत, १ वटा सूचक ९५ प्रतिशत र १ वटा सूचक ९० प्रतिशतसम्म नतिजा हासिल गरेको...
हेटौंडामा श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरे

हेटौंडामा श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरे

Breaking news 3, समाचार
हेटौंडा/  हेटौंडा उपमहानगरपालिका ५ चिसापानीमा श्रीमानले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् । ६२ बर्षीय केशव भण्डारीले ५६ बर्षीय श्रीमती अम्बिका भण्डारीको हत्या गरि आत्महत्या गरेका हुन् ।     श्रीमतिको धारिलो घरेलु हतियारले हत्या गरि उनले झुन्डिएर आत्महत्या गरेको मकवानपुर निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सोको प्रहरी टोली अहिले घटनास्थलमा रहेको र अनुसन्धान भइरहेको जनाइएको छ।...
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले गरे सपथग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले गरे सपथग्रहण

Breaking News 1, बागमती प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुको सपथहग्रण गरेका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण गरेका हुन् । नेकपा एमालेका ६ मन्त्री र नेपाली कांग्रेसका ३ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।   प्रदेश प्रमुख कार्यालय हेटौँडा एक समारोह बिच कांग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।...
बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने

Breaking News 1, बागमती प्रदेश, समाचार
हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रण आज हुने भएको छ । प्रदेश प्रमुख कार्यालयले दिएको जानकारी अनुसार मुख्यमन्त्री र मन्त्रीहरुको सपथग्रहण आज बिहान ११ बजेर ११ मिनेट मा गरिने भएको हो । यस प्रदेशमा बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरु मध्य धेरैको नाम र मन्त्रालय टुङ्गो लागेको छ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीमा नियुक्त भएसंगै आज सपथग्रहण गर्न लागिएको हो । यस प्रदेशमा आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सहितका ७ मन्त्रालय कांग्रेसको भागमा परेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय सहितका ६ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेको छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"