समाचार

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई  आज काठमाडौँ लगिदैँ

सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई आज काठमाडौँ लगिदैँ

Breaking news 3, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो । बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ । जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।...
अफगानिस्तानको बदख्सान  कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको बदख्सान कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, समाचार
अफगानिस्तान / उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रुबाहक गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सोमबार भएको गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिका अनुसार आइतबार राती गाडी प्रान्तको राजधानी फैजाबाद सहरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको हो । स्थानीय वासिन्दा तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगी घाइतेको उद्धार गर्नुका साथै शवहरू निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्रोतका अनुसार गत हप्ता मात्र यहि क्षेत्रमा यात्रु बहाक गाडी दुर्घटना हुदाँ महिला तथा बालबालिका सहित आठ जना यात्रुहरूको ज्यान गएको थियो ।...
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै

Breaking News 1, खेलकुद, मधेस प्रदेश, समाचार
काठ्माण्डौ/  नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण आगामी शनिबारदेखि सुरु हुँदै छ । क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ ।   क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ । त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ जसमा‌ २०% छुट दिइएको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४,४८०रुपैयाँ र भीआईपी तर्फ ८,२४० रुपैयाँ पर्ने छ ।...
ट्रक दुर्घटना, मकवानपुरगढीका २ जना सहित ३ जनाको मृत्यु

ट्रक दुर्घटना, मकवानपुरगढीका २ जना सहित ३ जनाको मृत्यु

Breaking news 3, समाचार
हेटौंडा/ नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिदा दुई जनाको च्यापिएर मृत्यु भएको थियोृ । र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए । मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं र ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने आरम्भ पोखरेल रहेको प्रहरीले बताएका छन् । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबार (आज) बिहान ५ः३० बजेतिर आरम्भको मृत्यु भएको डीएसपी महतोले जानकारी दिए। घाइते दुई जनाको भरतपुरमा उपचार भइरहेको छ । घाइते मकवानपुर हेटौँडा उपमहानगरपालिक...
१० औं  उद्योग दिवसको अवसरमा बागमतीका १४ उद्योमी सम्मानित

१० औं  उद्योग दिवसको अवसरमा बागमतीका १४ उद्योमी सम्मानित

Breaking News 2, बागमती प्रदेश, मुख्य समाचार, समाचार
हेटौंडा/ १० औं  उद्योग दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ला स्थित झ्याम्बल कृषि फर्म उद्योग प्रा.लिले बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गरेको छ । उद्योगकी सञ्चालक कमला लामालाई नगद १ लाख सहित सर्वोत्कृष्ट उद्यमीका रुपमा सम्मान गर्नुभएको हो । भोगटेको बोक्राको सेतो भागबाट क्यान्डी उत्पादन गर्दै आएको उक्त उद्योगले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीलाई नगद ४० हजार सहित सम्मान गरिएको थियो । उत्कृष्ट उद्यामी सम्मान पाउनेहरुमा मकवानपुर जिल्लाबाट हेटौंडा १३ स्थित केम्हेन्दो एकिकृत कृषि फार्म, निलकण्ठ नगरपालिका –८ धादिङ स्थित युनिक पशुपन्छि तथा कृषि फार्म, रसुवा जिल्ला उत्तरगया गाउँपलिका ५ मा रहेको रसुवा एस एस टेलर्स एन्ड स्यानीटरी प्याड तथा माक्स उद्योग रहेका छन् । त्यस्तै, दुधौलि नगरपालिका ४ सिन्धुली स्थित वरपिपल दुन...
स्थानीय तह उपनिर्वाचनको लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचनको लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगको निर्देशन

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं / निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ । उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर ...
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनमा  पक्राउ पुर्जी

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पक्राउ पुर्जी

Breaking News 1, अपराध/ अनुसन्धान, प्रमुख समाचार, समाचार
काठमाण्डौ / रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।   गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार प्रहरीलाई अनुमति दिएको हो । साहारा चितवन सहकारीका २४ बचतकर्ताले चितवन–२ का सांसदसमेत रहेका लामिछानेलगायत विरुद्ध बुधबार प्रहरीमा पूरक जाहेरी दिएका थिए । जाहेरीबमोजिम अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण केसीले बताए । चितवन प्रहरीका अनुसार लामिछाने र जोशीसँगै जीबी ग्रुप अफ कम्पनीका सञ्चालकहरू विशाल तामाङ, नवीन अछामी, रविना रिमाल र असरफ अली सिद्दिकी, नेचर नेस्ट प्रालिका सञ्चालक दीपक लामा, स्प्रिङउड रियलस्ट...
कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने, खेल माघमा हुने

कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने, खेल माघमा हुने

Breaking News 2, खेलकुद, मधेस प्रदेश, समाचार
काठमाण्डौ/ पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने भएका छन् । अखिल नेपाल कबड्डी सङ्घका अनुसार लिगमा काठमाण्डौसहित ६ वटा शहर पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवलबाट टोलीले प्रतिनिधित्व गर्नेछन् । नेपाल कबड्डी लिगको लोगो र ट्रफीसमेत सार्वजनिक गरिएको छ । माघमा हुने लिगको यकिन मिति भने घोषणा भएको छैन । लिगका लागि सातवटा प्रदेशबाट एक सय दश जना खेलाडी छनोट भएका छन् । यी खेलाडी ६ फ्रेन्चाइज टिमका लागि उपलब्ध हुनेछन् । विदेशी खेलाडीको पनि सहभागिता रहने तर अहिलेसम्म यसको टुङगो नलागेको आयोजक अस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ । कुनै समय नेपालको राष्ट्रिय खेल भनेर चिनिने कबड्डी लिग हुने भएसँगै फेरि चर्चामा आउन थालेको छ ।...
उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता , ३ जना निर्विरोध निर्वाचित

उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता , ३ जना निर्विरोध निर्वाचित

Breaking News 2, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ / मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन गरेका मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।बुधबार राति आयोगले निकालेको विज्ञप्ति अनुसार ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै आयोगका अनुसार जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाले उम्मेदवारी दिएका थिए । यसका साथै निर्वाचन हुने तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । आयोगका अनुसार ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल...
नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर

नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाठौं / नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका छन् । यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कार्बन व्यापारमा गरिएको पहिलो दुई पक्षीय सम्झौता हो । सम्झौतापत्रमा उल्लेख भएअनुसार स्वीडेन सरकारले नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग गर्ने छ । साथै हरितगृह ग्यास न्यूनीकरणमा स्वीडेनले सहयोग गर्ने वन तथा वातावरण मन्त्रालयका जलवायु महाशाखा प्रमुख डा.सिन्धु ढुंगानाले जानकारी दिनु भयो । पेरिस सम्झौताको धारा ६ दशमलब २ मा देशहरूले पेरिस सम्झौताको...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"