समाचार

गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एकजना प्रहरीको फन्दामा

गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एकजना प्रहरीको फन्दामा

Breaking News 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जना प्रहरीको फन्दामा परेको छ । संखुवासभाका ३२ वर्षीया केशरमान राईलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । पक्राउ परेको राईलाई विद्युतिय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् । पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् । जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।   &n...
पुर्व राजा ज्ञानेन्द्र शाह धार्मिक क्षेत्र अवलोकन गर्न ७ गते हेटौंडा आउदै

पुर्व राजा ज्ञानेन्द्र शाह धार्मिक क्षेत्र अवलोकन गर्न ७ गते हेटौंडा आउदै

Breaking News 2, बागमती प्रदेश, समाचार
हेटौंडा/ पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह माघ ७ गते आईतबार हेटौंडा आउने भएको छ । हेटौंडामा अवस्थित विभिन्न धार्मिक क्षेत्रको अवलोक गर्न हेटौंडा आउने भएको हो ।     पुर्व राजा शाहको चुरियामाई मन्दिर प्रस्थान गर्ने र शाहको स्वागत गर्ने मुल समारोह समितिले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । शाहले आईबार १२ बजे हेटौंडा १३ पदमपोखरी स्थित ज्याङछुपलिङ पोतला गुम्बा र १२ः३० हेटौंडा १० स्थित भुटनदेवि मन्दिरमा शुभेच्चुक भेटघाट तथा पुजा आराधाना गर्ने जनाएको छ । यसै गरी ४ः३० बजे हेटौंडा रिर्सोटमा प्रस्थान गरी शुभेच्चुक संग अन्तरक्रिया गर्ने आयोजकले जानकारी दिएको छ ।...
हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

हेटौंडाको चुरेहिल अस्पताल चितवन मेडिकल कलेजसँग मर्ज भयो

Breaking news 3, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा । हेटौंडामा सिएमसी चुरेहिल अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौंडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो । ‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्सालले बताएका छन् । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । १५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने उनले बताए । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो । विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत यहाँ उपलब्ध रहेको छ । हस्पिटलमा छिटै नर्सिङ विषयको पठनप...
मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

Breaking News 1, समाचार, समाज
काठमाण्डौ/ गएको माघ १ गतेदेखि काठमाण्डौमा फेरि आउन थालेको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेको हो । पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणको क्रममा केहीबेर पानी धमिलो आउनसक्ने भए पनि फेरि सफा र शुुद्ध पानी नै आउने मन्त्रालयको भनाइ छ । यस्तै मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा वितरण गर्ने सरकारको लक्ष्य छ । मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल...
पोखरामा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता हुने, गैर तामाङ समुदायले पनि भाग लिन पाउने

पोखरामा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता हुने, गैर तामाङ समुदायले पनि भाग लिन पाउने

Breaking News 2, गण्डकी प्रदेश, मनोरञ्जन, समाचार, समाज
पोखरा । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो ड्रागन वर्ग को अवसरमा आगामी ६ गते शनिबार न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिएका छन् । प्रतियोगितामा भाग लिनको लागि हालसम्म २० टिमले दर्ता गरिसकेको आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा भाग लिनको लागि आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्ने समय रहेको छ। सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्...
दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती ( फोटोमा एस्तो देखियो )

दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती ( फोटोमा एस्तो देखियो )

Breaking news 3, आजको तस्वीर, प्रवास, समाचार
दक्षिण कोरिया । नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको मुख्य आयोजना र केन्द्रिय कार्यसमिति र बाकी सबै क्षेत्रीय कार्यसमितिहरुको सह आयोजनामा दक्षिण कोरियामा रहेका मगरहरुले मगर माघे संक्रान्ती मनाएको छ । मगर माघे संक्रान्ती विशेष कार्यक्रम २०२४ आईतवार १४ जनवरी थेगु स्थित माइल गार्डेन हलमा भव्यताका साथ सम्पन्न भएको थियो । फोटोमा एस्तो देखियो फोटो श्रोत / टिबी घर्तीमगर (अध्यक्ष नेपाल मगर संघ दक्षिण कोरिया )...
त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी,जीपमा सवार कोही पनि भेटिएनन्

त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको गाडी,जीपमा सवार कोही पनि भेटिएनन्

Breaking News 1, मुख्य समाचार, समाचार
चितवन । मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् । प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् । जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले भने । जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । गोताखोरको टोलीले जीप पानीभित्र भेट्टा...
आर्थिक रुपले शिक्षा हासिल गर्न नसकेका छोरा छोरी छन् भने नगरपालिका छौ:नगर प्रमुख मिना कुमारी लामा

आर्थिक रुपले शिक्षा हासिल गर्न नसकेका छोरा छोरी छन् भने नगरपालिका छौ:नगर प्रमुख मिना कुमारी लामा

Breaking News 1, बागमती प्रदेश, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय तह विशेष
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटन देवि चौरमा सोमबार छैठौं माघि महाउत्सव सञ्चालन भएको छ । महाउत्सवमा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भनाई राख्नु हुदै प्रमुख लामाले शिक्षा महत्व पुर्ण बिषय रहेको भन्दै यस्तो बताउनु भएको हो । उत्पादन संस्कृतिको जर्गेना आर्थिक रुपान्तरणको बिषयलाई जोड दिनु पर्ने बताउनु भयो । अध्ययनलाई प्रगतिशिल बनाएर प्रविधि संग जोडेर विश्व बजारमा बिक्ने छोरा छोरी बनाउनु पर्ने लामाले बताउनु भएको हो । हेटौंडा उपमहानगर हरेक वर्ग समुदायको रहेको भन्दै थारु कल्यानकारिणी सभालाई अफिस राख्ने व्यबस्था गर्ने प्रमुख लामाले प्रतिबद्धता राख्नु भएको थियो । यसै गरी थारु कल्यानकारिणी सभा मकपानपुरका संयोजक सचिदान्त चौधरीको अध्यक्ष्यता र नगर प्रमुख लामाको लामाको आतिथ्यतामा भएको महाउत्सवमा थारु कल्याणकारिणी सभाका केन्द्रिय ...
भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा सञ्चार कर्मी थिङ सम्मानित

भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा सञ्चार कर्मी थिङ सम्मानित

Breaking news 3, शिक्षा, समाचार
हेटौंडा/ मकवानपुरको हेटौंडा- ४ स्थित भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा हेटौंडा सन्देश दैनिकमा कार्यरत संवाददाता जमुना थिङलाई सम्मान गरको छ । कक्षा १ देखि १० सम्म सोही विद्यालयमा अध्ययन गरी हाल पत्रकारिता क्षेत्र बाट शैक्षिक गतिविधिमा योगदान पुराएको भन्दै विद्यालयले नगत सहित सम्मान गरिएको हो । यसै गरी थिङले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गरेका छन् ।...
काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

Breaking News 1, प्रमुख समाचार, बागमती प्रदेश, समाचार
१ माघ, काठमाण्डौं - सोमवारदेखि काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले काठमाण्डौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए। उनले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । प्रधानमन्त्रीले भने, 'काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा ला...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"