बहुउद्देश्यीय सहकारी संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न
हेटौंडा / मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा एक दिवसीय ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार हेटौडाको रोयल प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख आतिथि प्रदेश सहकारी विकास वोर्डको उपाध्यक्ष नारायणप्रसाद देवकाटाले सहकारी संस्थाहरु नीति र बिधिमा आधारित भएर सञ्चालन हुनुपर्ने बताए । उनले पछिल्लो समयमा सहकारीमा उत्पन्न जटिलताले सबै सशंकित भएतापनि मकवानपुरमा यस्तो जटिलता हालसम्म नआएको बताए । देवकोटाले सहकारीहरुलाई उत्पादनसँग जोडर लगानी गर्न अनुरोध गर्दै सहकारीमा सुशासन र प्रविधिमैत्री बनाई सेवा प्रदान गर्न आग्रह गरे ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका घिमिरे दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रशिक्...




