काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेको स्रोतले जनाएको छ ।...
सुर्खेत/ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरु सहभागी थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित थिइनन् । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी भएका थिए ।...
काठमाडौँ / बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो । दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समव्य गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ ।...
काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ ९१० बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिए । उनका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् । त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् ।...
हेटौंडा / मकवानपुरगढी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा सदस्यता लिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग ९० जना एमालेमा प्रवेश गरेको हो ।
मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।...
हेटौंडा / बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटाले आज आफ्नो कार्यालयमा आएर पदभार ग्रहण गरेका छन् । हिजो मात्र राष्टपति रामचन्द्र पौडेल मार्फत सपथग्रहण गरेका देवकारोटले आजै पदभार ग्रहरण गरेका हुन् ।
नवनियुक्त प्रदेश प्रमुखलाई निबर्तमान प्रदेश प्रमुख यादब चन्द्र शर्माले पदभार ग्रहण गराए । शर्माले आफु बस्दै आएको प्रदेश प्रमुखको कुर्सीमा देवकोटालाई बसाए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा, बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक लगायतकाको उपस्थिती रहेको थियो ।...
काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण ) भएका छन् ।
काठमाडौं / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरुका साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स...
हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालनमा आएका छन् । Vespa/Aprilia स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रालिले जोशी अटोमोबाइल्स संचालनमा ल्याएका हुन् ।
बिहीबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा र र जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले सयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन ल गरेका थिए ।
शोरुम शुभारम्भ गर्दै जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले ग्राहकहरु माझ बढदै गएका Vespa/Aprilia को लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढदो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न जोशी अटोमोबाइल्स प्रतिबद्ध रहेको बताए ।
उद्घाटन अफर अन्तर्गत यो हप्ता हेटौंडा शोरुमबाट ग्राहक एवम उपभोक्ताहरूले Vespa/Aprilia खरिद तथा एक्सचेन्ज गर्दा उपभोक्ताहरूल...
हेटौंडा/ बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी (श्रेष्ठ)ले प्रदेश विश्वविद्यालयका लागि जग्गा निरीक्षण गरेका छन् ।
मन्त्री खड्गीले सोमवार हेटौंडा उप–महानगरपालिका वडा नं १ स्थित बागमती प्रदेश विश्वविद्यालय निर्माण सञ्चालनका लागि ५ रोपनी क्षेत्रफल रहेको प्रयोगविहीन जग्गा अवलाकन गरेका हुन् । अवलोकनका क्रममा मन्त्रि खड्गिले विश्वविद्यालय निर्माण एवं संचालनका लागी अगाडि बढाई सबन्धित निकाय मन्त्रालयसंग आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा क्षेत्रमा रहेको असमानता अन्त्य गरि वैदेशिक शिक्षाका लागि विदेशीने परम्परा समाप्त पार्न स्वदेशमै विश्वविद्यालय जस्ता शिक्षण संस्था निर्माणका लागी आफु सकारात्मक रहेको मन्त्री खड्गीले बताएका छन् ।...