समाचार

मकवानपुरमा लागुऔषध गाँजा सहित २ जना प्रक्राउ

मकवानपुरमा लागुऔषध गाँजा सहित २ जना प्रक्राउ

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
हेटौँडा/ मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित २ जनालाई प्रक्राउ गरेको छ । पश्चिम राजमार्ग अन्तर्गत हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा ३ ख ८३८२ नम्बरको यात्रुवाहक बसलाई सुरक्षाजाँच गर्दा प्रहरीले लागुऔषध गाँजासहित २८ बर्षीय जीवन लामा र १६ बर्षीय शुक्लाङ भोलनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना राक्सिराङ गाउँपालिका–१ निवासी रहेकोे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।...
दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल

दुरदर्शिता नभएको नेतृत्वले विकासको कल्पना गर्न नसक्ने – एमाले महासचिव पोखरेल

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले दुरदर्शिता नभएको नेतृत्वबाट देश विकासको कल्पना गर्न नसक्ने बताएका छन् । शुक्रबार हेटौंडामा भएको नेकपा एमाले मकवानपुरको १२ औ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले देशलाई विकासको बाटोमा अगाडी बढाउने काम नेकपा एमालेको नेतृत्वमा नै हुदै आएको बताए । उनले एमालेलाई बिभाजन र कमजोर बनाउने षडयन्त्र हुदै आएकाले अधिवेशनको माध्यमबाट कमिकमजोरी नियाल्नु पर्ने बताए । राजनीतिक परिवर्तनमात्र कम्युनिस्ट आन्दोलनको उपलब्धि नभई समाजको अवस्थाको परिवर्तन गर्ने कम्युनिस्ट आन्दोलनको लक्ष्य रहेको र राजनीतिक परिवर्तन पछाडी अल्मलिने लक्ष्य बिर्सने जस्ता परिपाटीले कम्युनिस्ट आन्दोलनले लक्ष्य हासिल गर्न नसकेको दाबि गरे । उनले भने "अब नेपालमा धेरै राजनीतिक दल हैन बलियो राजनीतिक दलहरूको आवश्यक छ, जसले ६२/६३ को आन्दोलनको उपलब्धिलाई टेकेर देशको समृद्धिमा अगाडि...
एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु

एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु

Breaking News 2, राजनीति, समाचार
हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशन आज –शुक्रबारबाट सुरु भएको छ । हेटौंडा- ४ स्थित रोयल पार्टी प्यालेसमा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन सुरु भएको हो । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षता र नेकपा एमाले पार्टी महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बराल, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवाली , नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल , पार्टी केन्द्रिय सदस्य केदार न्यौपाने ,पार्टी केन्द्रिय सदस्य रामेश्वर राना ,पार्टी केन्द्रिय सदस्य भारती पाठक , बागमति प्रदेश प्रथम मुख्यमन्त्री डोरमणी पौडेल , मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौला , नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भि...
मकवानपुरगढी ८ मा भिरबाट खसेर कल्पनाको मृत्यु

मकवानपुरगढी ८ मा भिरबाट खसेर कल्पनाको मृत्यु

Breaking News 2, समाचार
हेटौंडा / मकवानपुरको मकवानपुरगढी वडा नम्बर ८ ओखर डाँडाबाट खसेर कल्पना थिङको मृत्यु भएको छ । ३५ वर्षीय थिङको बिहीबार अपरान्ह भिरबाट खसेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ ।...
मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

मकवानपुरमा बस दुर्घटना हुँदा २० जना घाइते

Breaking News 1, समाचार
हेटौंडा / शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीको ज्यामिरेमा काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको बस दुर्घटना भएको छ । मकवानपुर जिल्लाको मनहरी ९ मा यात्रुवहाक बस दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएको हो । बसको अगाडीको पट्टा भाचिएर भएको दुर्घटनामा २० जना घाईते भएको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । सामान्य घाइते भएका ११ जनालाई स्थानीय मेडिकल र ९ जनालाई चितवनतर्फ उपचारका लागि पठाइएको जनाएको र बस तथा चालक मनहरी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।...
२४ जनाले गरे रक्तदान

२४ जनाले गरे रक्तदान

Breaking News 2, समाचार, स्वास्थ्य
मकवानपुर / टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । हेटौंडा–१९ बस्तीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नरनाथ सुवेदीले रक्तदान महादान भन्दै मानवीय सेवामा समर्पित हुन सबैलाई आग्रह गरे । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरु, सदस्यहरु स्याम कुमार रिमाल, अन्जु पन्डित, वडा समन्वय समितिका अध्यक्षहरु क्रमश हेटौंडा–१९ का देवेन्द्र अर्याल, ३ का रोशन गोले र ११ का यज्ञ बहादुर आचार्य लगायत सहभागी थिए । समितिले भोलि १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको...
क्रिकेटर लामिछानेको अमेरिकाको भिसा पुनअस्वीकृत

क्रिकेटर लामिछानेको अमेरिकाको भिसा पुनअस्वीकृत

Breaking news 3, समाचार
काठमाडौँ / क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो । परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेले जेठ २ गते उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सफाइ पाएसँगै लामिछानेको निलम्बन फुकुवा गर्दै उनलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी थियो । तर, भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ । लामिछानेले यसअघि विश्वकपमा खेल्न नपाए पनि टोलीको सफलताका लागि आ...
सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओविरुद्ध पक्राउ पुर्जी जारी

Breaking News 2, अपराध/ अनुसन्धान, समाचार
काठमाडौँ / कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छोडे लगत्तै अन्य व्यक्तिमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो । प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अन्य व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको विषयमा प्रश्न सोध्दा जिल्ला अदालत धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले आफूलाई पक्राउ पुर्जी जारी भएको बारे जानकारी नहुने बताए । प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ सबै जानकारी नहुने उनले बताए ।...
हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत ४१ जना मजदुरले माओवादी त्याग्दै नेकपा एसमा प्रवेश गरे

हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत ४१ जना मजदुरले माओवादी त्याग्दै नेकपा एसमा प्रवेश गरे

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ हेटौंडा सिमेन्ट उद्योग नेकपा माओवादी केन्द्र निकटका अखिल नेपाल औद्योगिक मजदुर सङठनका ४१ जना मजदुरहरुले सङगठन परित्याग गरेका छन् । संगठन परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी निकट एकीकृत ट्रेड यूनियन महासंघको घटक संगठन नेपाल औद्योगिक मजदुर संगठनमा प्रवेश गरेका छन् । मजदुर संगठन इकाई कमिटी हेटौंडा सिमेन्ट उद्योग लिमिटेड गठन गर्ने भन्दै दिपक सिं थोकरको संयोजकत्वमा तदर्थ समिती समेत गठन गरिएको हो । समितिमा काशीनाथ सुवेदी , भरत ठाकुर , अनिलकुमार महासेठ , राम बहादुर थापा , गजेन्द्र कुमार पण्डित , भिमबहादुर वाइबा , शुसिला भ्लोन , जुनु अधिकारी , छुनु अधिकारी , कौशल कुमार शाह , सन्तोष प्रधान लगायतका रहेका छन् । नवगठित समितिलाई बधाई दिन्दै एकीकृत ट्रेडयूनियन महासङ्गका केन्द्रिय उपाध्यक्ष दिनेश राई , पार्टी का केन्द्रिय सदस्य मुनु सिग्देल , नगर प्रमुख मिनाकुमारी लामा , प्रदेश कमिटी सदस्य...
भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

भीमफेदीमा कार दुर्घटना हुँदा २जनाको मृत्यु,तीन गम्भीर घाइते

Breaking News 2, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं- ६ जुरीखेतमा कार दुर्घटना भएको छ । दुर्घटना हुँदा २ जनाको मृत्यु हुनुका साथै तीन जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एक पुरुष र एक नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न भने बाँकी छ । भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौंडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार बुधबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका थिए । जसमा पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने नाबालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते मध्ये एक महिलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घटनाको पुरा बिवरण भने आउँन बाँकी छ । यसमा तपाइको मत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"