आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको अध्यक्षमा शुभराज भोम्जन निर्वाचित !
दक्षिण कोरिया/ आदिवासी जनजाति महासङ्घ गणतन्त्र कोरियाको ९ औं महाधिवेशन आइतबार सम्पन्न भएको छ । सौलको दोङ्देमुन स्थित सेमावल हलमा भव्यताका साथ महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशनबाट शुभराज भोम्जनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । भोम्जन ८ औं कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको भुमिकामा थियो । अध्यक्षमा शुभराज भोम्जन निर्वाचित हुनुका साथै बरिष्ठ उपाध्यक्षमा श्रेहाङ इधिङ्गो लिम्बू, उपाध्यक्षमा पुर्ण बहादुर पुन मगर, सचिवमा राम प्रकास चौधरी, कोषाध्यक्षमा गंगा पुन मगर चयन हुनुका साथै सदस्यहरुमा सुनिल चौधरी, धिरेन राई, छत्र राई र भुवन लिङ्देन चयन भएका छन् । निर्वाचित कार्यसमितिलाइ निर्वाचण मण्डल संयोजक लोचन राईले पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।
अध्यक्ष भोम्जनले सपथ ग्रहण पस्चात आफ्नो मन्तब्य राख्नेक्रममा बुदागत रुपमा आफ्नो प्रतिबद्धताहरु जाहेर गरेको थियो । जस...








