राजनीतिक दलले अपमान गरेको-निर्माण व्यवसायी संघ मकवानपुरको आरोप
हेटौंडा/ निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकाका राजनीतिक दलले अपमान गरेको आरोप लगाएको छ । जिल्लामा रहेका निर्माण व्यवसायीहरुको छाता संगठनले मनहरीमा रहेको ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति खेद प्रकट गरेको हो ।
मनहरी गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुलमै सभा गरी स्थानीय ५ वटा राजनीतिक दलले २०८०÷११÷११ गते नाराबाजी र भाषण गरी अवरोध पु¥याएकोप्रति संघको ध्यानाकर्षण भएको छ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यस जेभीसँग कानुनीरुपमा बागमती प्रदेशसभा सदस्य माननीय इन्द्रबहादुर बानियाँको कुनै पनि संलग्ना नरहेको अवस्थामा निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरिएको प्रति हामी खेद प्रकट गर्न चाहान्छौं ।’
संघ अध्यक्ष बालगोपाल कडेँलद्वारा जारी विज्ञप्तिमा पक्की पुल निर्माण कम्पनी हिराचन–बानियाँ जेभीले चालु आर्थिक ...








