हेटौंडा ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम १२ गते हुदै
हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका हेटौंडा - ४ नम्बर वडाको आयोजनामा दोस्रो बृहत शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ १२ गते शुक्रबारका दिन हेटौंडा- ४ स्थित रोयल पार्टि प्यालेसमा प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हेटौंडा - ४ नम्बर वडाले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
हेटौंडा -४ मा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक अध्ययन तथा गुणस्तर सुधारको लागि उक्त कार्यक्रम गर्न लागेको शैक्षिक सुधार समिति हेटौंडा उपमहानगर - ४ का अध्यक्ष्य श्री राम दाहालले बताएका छन् । विद्यार्थिहरुको सिर्जनशिल प्रतिभा, गायन र नृत्य कलालाई प्रदर्शन गर्न लागेको जनाएको छ । उक्त प्रदर्शनि कार्यक्रममा वडा भित्र संञ्चालित विद्यालयले गरेको अभ्यासको प्रस्तुतिकरण गराउने, विद्यालय विद्यालय बिच प्रतिस्पर्धा गराउने ,विद्यार्थिहरुको शिर्जनशिलत...








