मकवानपुरको मनहरीमा चट्याङ लागेर थिङको मृत्यु
हेटौंडा / मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
आइतबार दिउँसाे चट्याङ लागेर मनहरी गाउँपालिका वडा नं. ५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै चट्याङ लागेर मृतकका बुवा ५६ बर्षिय सिंह बहादुर थिङ र अर्का सौगात गोले घाइते भएका छन्। घाइते दुबैलाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए ।...





