पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै
दक्षिण कोरिया । कोरियन चाड सलनालको अवसरमा पुर्वी नेपाल समाज अन्तर्गत रहेर आयोजना गर्न लागिएको सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको पोस्टर सयुक्त रुपमा २२ तारिख आइतबार सार्वजनिक गरिने भएको छ ।
सौलको दोङ्देमुन स्थित रहेको पुर्वी नेपाल समाजको सभाहलमा सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि पोस्टर सार्वजनिक गर्न लागिएको हो । एनसीसी दक्षिण कोरियाको सहजिकरणमा पुर्वी नेपाल समाज अन्र्तत खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको खोटाङ हलेसी सांगीतिक सौगात भाग-५ र पुर्वी नेपाल समाजको समन्वयमा भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाजले आयोजना गर्न लागिएको रात्रिकालिन कार्यक्रमहरुको सयुक्त रुपमा पोष्टर सार्वजनिक गरिने कार्यक्रममा सहभागि हुनको लागि आयोजकले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन् ।
खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रम जनवरी २९ तारिखको दिउसो हुनेछन् भने अन्य कार्यक्रम...








