Day: ३ वर्ष अगाडि

भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता

भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता

समाचार
धनगढी, १६ असोज । बझाङकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी एक महिला बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ४० वर्षीय गुनमति धामी टिमुर टिप्न जङ्गल गएकी थिइन्। उनी घर नफर्किएपछि खोजी गर्दा उनी रहेको भू–भागमा पहिरो गएको छ। धामीको अवस्था अज्ञात रहेको छ। भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उक्त क्षेत्रमा खोजीका लागि प्रहरी परिचालन गरिएको छ। मङ्गलवार दिउँसो ६ दशमलव ३ म्याग्निटिउडको भूकम्प गएको थियो। जिल्लामा भूकम्पका कारण १३ जना घाइते भएका छन्। बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ। जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।...
दसैँको टिकाको शुभ साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

दसैँको टिकाको शुभ साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

समाचार
काठमाडौँ, १६ असोज । पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​ पञ्चाङ्ग निर्णायक समितिले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैँको शुभ साइत सार्वजनिक गरेको हो।​​ घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृत्ति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिने उल्लेख छ।...
महिलाको हत्या अभियोगमा  तीन जना पक्राउ

महिलाको हत्या अभियोगमा तीन जना पक्राउ

समाचार
  पर्सा, १६ असोज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीय कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो। उनको हत्या अभियोगमा स्थानीय तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन रहेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले घरमा सुरुङ बनाएर उनीहरू घरभित्र प्रवेश गरेका थिए। कान्तिदेवीले चोरी गर्न गएकाहरूलाई चिनेपछि रहस्य खुल्ने डरले सिरानीले मुख थुनेर घाँटी रेटेर रड प्रहार गरी हत्या गरेको अनुस...
सामाजिक सञ्जालको दुरुपयोग गर्दा नेपालगन्जमा तनाव

सामाजिक सञ्जालको दुरुपयोग गर्दा नेपालगन्जमा तनाव

Breaking News 1, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ । बाँकेको नेपालगन्जमा कर्फ्यु आदेश जारी भएको छ। दुई धार्मिक समुदायमाझ तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् । २०८० असोज १६ गते मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ। पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुल हुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरूले स्ट्याटस पोस्ट गरेको विषयप्रति विरोध जनाउँदै मुस्लिम समुदायले र्‍याली निकालेको थियो।  मङ्गलवार बिहान मुस्लिम समुदायले निकालेको विरोध र्‍यालीका क्रममा  विवाद उत्पन्न भएपछि  सम्भावित जोखिम एवं शान्त भङ्ग हुन जाने स्थिति देखिएकाले नेपालग...
कलाकार गधा

कलाकार गधा

अपराध/ अनुसन्धान
* मिनबहादुर राना संसारमा अनेक खालका मान्छे बस्छन् । यस्तै मध्ये कुनै अचम्मको कुरा नभए झैँ कुनै जमानातिर कुनै गाउँमा जाक्सीबाय नामको एक जना फटाहा जमिनदार बूढा बस्थे । उनी मन मौजी खालका मान्छे थिए । उनको एउटा गधा थियो । देख्नमा यो गधा पनि अरू गधाभन्दा त्यस्तो कुनै फरक थिएन । तर उसले जन्मसिद्ध यस्तो गला पाएको थियो । जब ऊ आफ्नो ठाउँमा बसेर चिच्याउँथ्यो छरछिमेकका सबैले कानमा औँला कोचार्नु पर्थ्यो । एक पटक जाक्सीबाय प्राचीन सहर तुर्किस्तानमा पुगे र उनले गधालाई बजारतिर मोडे । गधालाई रुखमा बाँधेर मुख मिठ्याउँदै चिया पसलमा पसे । राम्रो चिया पसलमा सधैँ मान्छेको भिड हुनु स्वाभाविकै हो । जहाँ मान्छे जम्मा हुन्छन् त्यहाँ गफ चल्छ, जहाँ गफ चल्छ त्यहाँ बहस सुरु हुन्छ । जहाँ बहस सुरु हुन्छ । जहाँ गफ चलिरहेको हुन्छ, जहाँ बहस भएको हुन्छ, त्यहाँ जाक्सीवाय तर्क राख्न र आफ्नो कुरा माथि पार्नमा उनलाई जित्न कसै...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"