Day: २ वर्ष अगाडि

उप–प्राध्यापक चलाउने माथि आक्रमण गर्नेहरुलाई २ वर्ष कैद

उप–प्राध्यापक चलाउने माथि आक्रमण गर्नेहरुलाई २ वर्ष कैद

समाचार
मंसिर ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने भएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार चलाउनेको मुद्दाको फैसला गर्दै कैद र सजाय तोकेको हो । न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरु हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, रवीनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको हो । ज्यान मार्ने उद्योगमा यो मुद्दा चलेको थियो । उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका तत्कालिन इकाइ सभापित आचार्य, सचिव रावल लगायतको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उनीहरुलाई कारबाहीको माग गर्दै चलाउने तीन वर्षदेखि सं...
घाँटीमा सुन्तलाको केस्रा अड्किएर गुल्मीमा बालकको निधन

घाँटीमा सुन्तलाको केस्रा अड्किएर गुल्मीमा बालकको निधन

समाचार
मंसिर ७, काठमाडौं ।  सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ। मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेको छाप राङ्लाका ३ वर्षीय आयुष ठकुरीको सुन्तलाको केस्रा घाँटीमा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए। मालिका छाप राङ्ला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला ठकुरी छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकोमा बिहीबार दिउँसो घरको छतमा बसेर आमासँगै सुन्तला खाइरहेका आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको प्रहरीले जनाएको छ। घाँटीमा सुन्तलाको केस्रा अड्किएपछि श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि गुल्मी अस्पतालमा लगिएकोमा दिउँसो साढे २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।...
दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

राजनीति, समाचार
मंसिर ७, काठमाडौं । गणतनत्रको बिरोधी मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भातृ संगठन युवासंघकाक नेता कार्यकर्ताले बिहिबार काठमाडौंमा छुट्टा छुट्टै प्रर्दशन गरे । प्रसाईंको आन्दोलन दबाउन भन्दै आन्दोलनमा त्रत्रिएको युवा संघ र प्रसार्इं पक्ष दुबैका बराबरी जस्तै प्रर्दशनकारी थिए । तिनकुने क्षत्रेमा प्रर्दशन गरेको युवासंघको आन्दोलन केही व्यवस्थित देखिएको भएपनि बल्खु क्षेत्रमा भएको प्रसाईं नेतृत्वको प्रर्दशनमा प्रर्दशनकारी घाइते समेत भए । बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षबीच झडप हुँदा २८ जना घाइते भए । बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । जस क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । प्रदर्शनकारीतर्फ २३ जना सामा...
सर्वोच्चले भन्योः टिकटक बन्द भएर अपूरणीय क्षति भएको देखिएन

सर्वोच्चले भन्योः टिकटक बन्द भएर अपूरणीय क्षति भएको देखिएन

Breaking News 1, समाचार
मंसिर ७, काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धले रिट निवेदकलाई अपूरणीय क्षति पुगेको बलियो आधार पेश हुन नसकेको टिप्पणी गरेको छ । टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र सरकारसँग लिखित जवाफ मागेको थियो । बिहीबार आदेशको लिखित रुप सार्वजनिक गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरुले प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार पेश गर्न नसकेकाले अन्तरिम आदेश जारी गर्न नमिलेको उल्लेख गरेको हो । आदेशमा भनिएको छ, ‘टिकटकको वैधानिकता, नेपालको कानुनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुंगो लाग्नु उपयुक्त देखिएको साथै निवेदकहरुलाई अपुरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधार समेत नदेखिएको अन्तरिम आदेश जारी गर्न मिलेन ।’ ...
तीनकुनेमा युवा सङ्घको शक्ति प्रदर्शन (फोटो फिचर)

तीनकुनेमा युवा सङ्घको शक्ति प्रदर्शन (फोटो फिचर)

समाचार
काठमाडौँ, ७ मङ्सिर । एमाले निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । युवा सङ्घका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका  बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरूले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । तस्बिर : बाबु छत्कुली...
प्रसाईँको कार्यक्रममा प्रहरी हस्तक्षेप

प्रसाईँको कार्यक्रममा प्रहरी हस्तक्षेप

Breaking News 1, समाचार
काठमाडौँ, ७ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा झडप भएको छ। बल्खुमा जम्मा भएको प्रदर्शनकारी कालीमाटी हुँदै सहर जानेछन् भनेर प्रसाईँले आव्हान गरे पछि प्रहरीले रोकेको हो । प्रदर्शनकारी कालीमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरु भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कार्यक्रममा प्रहरीले अश्रुग्याँस छाडेको छ। प्रसाईँले अब आन्दोलनकारी `सहर पस्ने´ भने पछि कालीमाटीतर्फ बढे पछि प्रहरीले रोकेको थियो । प्रहरीले रोके पछि दुवै पक्ष बिचमा झडप सुरु भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । बल्खुको स्थिति तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।...
ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

समाचार
काठमाडौँ, ७ मङ्सिर । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन । २०८० मङ्सिर ७ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।   २. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४।४६५ मिलियन ९करिब ६५ करोड० अनुदान स्वीकृत गर्ने ।   ३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजश्व, प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट ।   ४. नेप...
सडकले अशान्त बनाएको एउटा गाउँको कथा

सडकले अशान्त बनाएको एउटा गाउँको कथा

समाज
विशाल बस्नेत/न्युज कारखाना महोत्तरी, ५ मङ्सिर । गाउँको सुविधाका लागी  बनाइएको एउटा सडकले गाउँलेहरू बिचमा  नै कलह सिर्जना गर्‍यो भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर महोत्तरीको बर्दिबासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरूको अशान्तको कारक वनेको छ  । बर्दिबास-६ स्थित कृष्णपुरमा २०५४ सालमा नै खोलिएको शाखा सडकलाई अहिले पुर्णरुपमा अतिक्रमण गरिएको छ भने सडकको बिच भागमा बिरुवाहरू समेत रोपिएको छ । २०५४ सालमा तत्कालीन गाविस अध्यक्ष विदुर कार्कीले खोलेको यो सडकले गाउँमा कसरी अशान्त मच्चायो भन्ने विषय थाहा पाउन ५ वर्ष अगाडि फर्कनुपर्छ । यो सडकको दायाँबायाँ विशेष गरी स्थानीय तेजिलाल महतो र मकसुदन महतोको जग्गा छ । दुवै सदियारहरुले आधा-आधा जग्गा १३ फिट सडकको लागी प्रयोग गर्ने सहमति भएको थियो । तर २०५४ सालमा भएको सहमतिमा स्थानीयहरूले अमिन ल्याएर जग्गा नपाए पछि एकाएक बिथोलियो । स्थानीय अमिनले गरेक...
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

खेलकुद
काठमाडौँ, ७ मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवान्डा र तान्जानिया सहभागी रहेका छन् । अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ भने नामिबियाले शुक्रवार युगान्डासँग खेल्दै छ ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"