Day: २ वर्ष अगाडि

लमजुङमा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिए

Breaking News 1, समाचार
लमजुङ / लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ ।   जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिँदा बेपत्ता भएकाहरूको शव भेटिएको हो । पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव बुधबार भेटिएको स्थानीय चित्र घलेले जानकारी दिएका छन् । पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेष खोतलेर उनीहरूको शव निकालेका हुन् ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"