आइतबार देशभरका सञ्चारकर्मीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने
हेटौंडा - पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।
महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकलले उक्त निर्णय गरेको हो । आइतबार देशभरका सञ्चारकर्मीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने निर्णय गरेको थियो । सोही अनुरुप मकवानपुरका सञ्चारकर्मीहरुले पनि कार्यस्थलमा कालोपट्टी बाँधेर काम गरीसकेको छ । यसै बिच सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।...