काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् ।

उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ । प्रत्यक्ष दर्शिका अनुसार जहाजले धावन मार्ग छोड्नसाथ बजारिएको बताएका छन् । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । जहाजमा १९ जना सवार रहेको जनाएको छ ।





























