विकास निर्माणमा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने-सभामुख घिमिरे

Advertisement

हेटौंडा/  विकास निर्माणको काममा राजनीतिक मात्र नभई युवाहरुलाई परिचालित गर्नु पर्ने अवस्था आएको प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बाएका छन् । बिहीबार हेटौंडामा आयोजित युवा सिप वर्ष २०८१ अन्तरगत सञ्चालित निःशुल्क सिप विकास तालिम समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

चुनौति आफैमा अवसर रहेको भन्दै , समाजिक, आर्थिक , राजनीतिक अनेक कुरालाई पार गर्न युवाको उपस्थिति हुन जरुरी रहेको बताए । बाहिरी मुलुकमा युवाको क्रान्ति र भुमिकाले देश परिवर्तन भएको स्मरण गर्दै नेपालमा पनि युवाको कारणले देश परिवर्तन हुने अपेक्षा व्यक्त गरे । मुलुकमा युवा नीति आवस्यक रहेको बताउदै अहिलेको अवस्थामा युवा मैत्री सरकार चाहिएको सभामुख घिमिरेले बताएका छन् । युवा परिषद्ले सिप वर्ष घोषणा गरेको बताउदै उद्यमशिल युवा , दक्ष युवा निर्माण गर्ने कार्य गरेको बताए । युवाहरु नमुनाको रुपमा प्रस्तुत हुनु पर्ने र युवा मैत्री देश चाहेको उनले बताएका छन् ।

यसै गरी संघीय संसदका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्वर–२ का प्रतिनिधिसभाका सदस्य महेश कुमार बर्तौलाले सुखि तथा समृध्दि नेपाल निर्माण गर्न युवाहरुलाई साथमा लिएर अगाडि बड्ने बताएका छन् । युवा पुस्ताको लागि मानव पुजी निर्माणमा बागमती प्रदेश युवा परिषद्ले राम्रो काम गरेको बताए ।

यसै गरी बागमती प्रदेश युवा परिषद्को आयोजनामा सञ्चालन भएको निशुल्क सिप मुलक तालिममा सहभागि चितवन, मकवानपुर र सिन्धुलिका २ हजार भन्दा बढी युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको सभा अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"