राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न

Advertisement

हेटौंडा /राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मकवानपुरको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिर्जना कला केन्द्रमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष रबिन्द्र थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घलानले लोक र मौलिकताको संरक्षणमा जोड दिए। उनले भने, ूलोक र मौलिकता जोगाउनु पर्छ। पहिले गीत सुन्न मेला र पर्वमा जानुपर्ने अवस्था थियो, तर अहिले त्यस्तो छैन। यसको संरक्षण गर्ने भूमिका हामी सबैको हो।ू उनले नेपालको सांस्कृतिक धरोहरको रूपमा रहेको लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको बताए।

संस्थाका उपाध्यक्ष चन्द्र बहादुर बजगाईले स्वागत मन्तव्य दिएका थिए भने सचिव काजीमान गोले ९अमर०ले संगठित प्रतिवेदन प्रस्तुत गरे। अध्यक्ष रविन्द्र थिङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे।

संस्थापक ऋषिलाल श्रेष्ठले लुकेको कला र गलाको संरक्षण गर्न आवश्यक रहेको बताउँदै हेटौंडाको गौरवशाली इतिहास जोगाउन आग्रह गरे। उनले भने, ूमकवानपुरको चर्चा हुन्छ, यो चर्चा कायम राख्नुपर्छ। कला प्रस्तुत गर्दा सम्यमित हुनुहोस्। कलाको लागि यो संस्था अपरिहार्य छ।ू

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशका कोषाध्यक्ष क्षेत्र बहादुर थिङ अमरले लोक गीतको संरक्षण गर्नु आजको आवश्यकता रहेको भन्दै शुभकामना व्यक्त गरे।

जिल्ला कार्यसमिति सल्लाहकार तथा संस्थापक सहसचिव नारायण रेग्मीले सबैको उद्देश्य एउटै भए पनि विधा फरक हुने बताउँदै सबैले जगेर्ना गर्नुपर्ने आग्रह गरे।

राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरका अध्यक्ष अचित लोप्चनले आजकाल केही विकृतिहरू देखा परेको स्वीकार गर्दै दोहोरीलाई फोहोरी नबनाउन आग्रह गरे।

मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामाले कला र संस्कृति जोगाउनु सबैको दायित्व रहेको बताए। उनले विकृतिहरूलाई नियन्त्रण गर्दै लोक तथा दोहोरी गीतको मूल भावना र गरिमा कायम राख्नुपर्ने र समाजमा सकारात्मक सन्देश फैलाउने खालका गीतहरूको निर्माण र प्रसारणमा जोड दिनुपर्ने बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"