हेटौंडा/ तामाङ सेलो जगतको ख्याति प्राप्त गायक प्रकाश तामाङ तितुङको “गोरी गोरी नक्कलि” बोलको गित सार्वजनिक भएको छ । शुक्रबार प्रकाश तामाङ तितुङको अफिसियल युटुव च्यानलमा गित सहितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायक तितुङ संगै गितमा बिलिनाको आवाज रहेको छ । गितको ध्वनिलाई स्तरीय बनाउनको लागि दिपेश प्रधानले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
गोरी गोरी नक्कलि बोलको म्युजिक भिडियोमा मोडल समिर तामाङ र ईन्डोनेसियन कलाकार बेलिनाको अभिनय रहेको छ । गितको भिडियो छायाङकने रामेश्वर हुम्मागाईले गरेका छन् भने राकेश दाहालले सम्पादन र रंग संयोजन गरेका छन् ।





























