हेटौंडा / हेटौडा -२ नम्बर स्थित ओम भवन नजिक मणिखाद्यान्न पसल अगाडी आनन्द अग्रवालको घरको दोस्रो तलामा भाडामा बस्दै आएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

भिमफेदी गाउँपालिका वडा नंबर–५ धुसेनी घर भएका २४ वर्षका कृष्ण रुचाल मगर मृत अवस्थामा फेला परेका हुनु । रुचाललार्ई उनी सुत्ने कोठाको भुईमा निजको काकाको छोरी रबिना रुचाल मगरले बेहोस अवस्थामा देखि तत्काल प्रहरीलाई खवर गरेकी थिइन । यस विषयमा थप अनुसंधान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछी सबै जानकारी हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।





























