काठमाडौँ / सेयर कारोबार मापक नेप्से परिसूचक ६/९४ अंकले बढेको छ । आज कुल १०६ कम्पनीको मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज – मंगलबार ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए । कुल १ लाख ४४ हजार १९७ पटकको सेयर किनबेचबाट १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ काराबार भएको छ । कुल १३ उपसमूहमध्ये ८ उपसमूह घट्यो भने ५ उपसमूह बढ्यो । बढ्ने उपसमूहहरूमा निर्जीवन बिमा ६४९/८० अंकले बढ्यो । जीवन बिमा ३१८/३१ अंक र विकास बैंक ७४/०८ अंकले बढ्यो । घट्ने उपसमूहहरूमा फाइनान्स उपसमुह ५८/४६ अंक र हाइड्रोपावर १७/६९ अंकले घट्यो । एनएलजी इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, मातृभुमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लुघवित्त वित्तीयस संथा, मानुषि लघुवित्त वित्तीय संस्था, विन्धाबासिपनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।





























