साहासिक उद्दारकर्ता चणिकलाललाई डेढ लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री लामाको घोषणा

Advertisement

काठमाडौं / ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेको थियो ।

 

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए । विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए । तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भुमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताए ।

यसैबीच मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्कालिन उद्दार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताउनुभएको छ । विपद् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोलि परिचालन गरिएको बताउँदै मुख्यमन्त्री लामाले पीडितको निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । तत्कालिन राहत र अस्थायी बसोबासका लागि आवश्यक प्रवन्ध गरिएको बताउँदै मुख्यमन्त्री लामाले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने जानकारी दिए । बाढी र पहिरोका कारण क्षति भएका राजमार्ग र ग्रामिण सडक दशें अघि नै सुचारु हुनेगरी काम शुरु भइसकेको पनि मुख्यमन्त्री लामाले जानकारी दिए । प्रदेश भित्रका सबै जिल्लाका सडकहरुको अवस्थाबारे तथ्यांक संकलन भइरहेको र दशैं अघिनै सवारी सञ्चालन हुनेगरी निर्माण थाल्न सरकारले विशेष रणनीति बनाएको मुख्यमन्त्री लामाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"