‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने

Advertisement

हेटौंडा / अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बिक्री प्रक्रिया पूरा गर्दै कार्तिक ३० गते नेपालमा सिनेमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।

विदेशमा भने ‘ह्रस्व दीर्घ’ मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी प्राप्त भएको छ। निर्माता नीता ढुंगानाले यस सिनेमा विदेशको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले खरिद गरेको उल्लेख गरिन्। यस कम्पनीका सञ्चालक विनोद पौडेलले सिनेमा बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्।

सिनेमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको अभिनय समावेश भएको कारण निर्माताले भारतमा प्रथामिकताका साथ तेलुगु भाषामा पनि रिलिज गर्ने योजना बनाएको अभिनेता हरिहर अधिकारीले जानकारी दिए। भारतीय वितरकहरूले पनि सिनेमा प्रति चासो देखाएका छन्।

नीता फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको यस सिनेमाको कार्यकारी निर्माता धनन्जय गलानी हुन्। सिनेमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीजस्ता कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाको कथा अभिनेता हरिहर अधिकारीले लेखेका हुन्, जबकि पटकथा र संवाद प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहर अधिकारीले मिलेर तयार गरेका छन्। बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले यस सिनेमा छायांकन गरेका छन्। निर्देशक चन्द्र पन्तले यसअघि भोजपुरी सिनेमा निर्देशन गरेका छन् र यो नेपाली सिनेमा क्षेत्रमा उनको पहिलो निर्देशन हो।

सिनेमाको पोस्टर डिजाइन विजय वस्यालले गरेका छन्, र यसको वितरण कार्य मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्टले गर्नेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"