१० औं  उद्योग दिवसको अवसरमा बागमतीका १४ उद्योमी सम्मानित

Advertisement

हेटौंडा/ १० औं  उद्योग दिवसको अवसरमा काभ्रेपलाञ्चोक जिल्ला स्थित झ्याम्बल कृषि फर्म उद्योग प्रा.लिले बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गरेको छ । उद्योगकी सञ्चालक कमला लामालाई नगद १ लाख सहित सर्वोत्कृष्ट उद्यमीका रुपमा सम्मान गर्नुभएको हो । भोगटेको बोक्राको सेतो भागबाट क्यान्डी उत्पादन गर्दै आएको उक्त उद्योगले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीलाई नगद ४० हजार सहित सम्मान गरिएको थियो । उत्कृष्ट उद्यामी सम्मान पाउनेहरुमा मकवानपुर जिल्लाबाट हेटौंडा १३ स्थित केम्हेन्दो एकिकृत कृषि फार्म, निलकण्ठ नगरपालिका –८ धादिङ स्थित युनिक पशुपन्छि तथा कृषि फार्म, रसुवा जिल्ला उत्तरगया गाउँपलिका ५ मा रहेको रसुवा एस एस टेलर्स एन्ड स्यानीटरी प्याड तथा माक्स उद्योग रहेका छन् ।

त्यस्तै, दुधौलि नगरपालिका ४ सिन्धुली स्थित वरपिपल दुना टपरी उद्योग, चन्द्रगिरी नगरपालिका ११ काठमाडौंको ओम फुड प्रोडक्ट, ललितपुर बागमति गाउँपालिका १ को श्रृजनशिल कृषि फामले पनि उत्कृष्ट उद्यमी पुरस्कार पाएका छन् । यस्तै, गौरीशंकर गाउपालिका ५ दोलखाको सुरी मौरी पालन तथा घार उद्योग, नुवाकोट जिल्ला स्थित नवयुवा कृषि फार्म, भक्तपुरको लक्ष्मी चिउरा उद्योग उत्कृष्ट उद्योगका रुपमा सम्मानित भएका छन् । सिन्धुपाल्चोकको कफी सहकारी उद्योग, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्टी र काभ्रेपलाञ्चोकको बि.जे.एस ह्याण्डीकाफ्रट एण्ड पनौति सेभियर हाउस रहेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले युवा पलायनलाई रोक्न सकेमात्र विश्व बजारमा बढिरहेको चुनौतीको सामना गर्न सक्ने बताए । विश्व बजारमा प्रतिस्पर्धा गर्नु अहिलेको चुनौती रहेको बताएका छन् । हेटौंडामा आइतबार भएको उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले युवा शक्तिको पलायनलाई रोक्न देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्ने उल्लेख गरेका छन् । देशमा उद्योग धन्दालाई संरक्षण गरेमा रोजगारी अवसरको सिर्जना हुने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले नयाँ उद्योगहरु सञ्चालन गर्न लगानीकर्ताहरुलाई सुरक्षाको अनुभुति दिनुपर्ने बताउनुभयो । उद्योग र उद्योगीहरुलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्नुपर्नेमा मुख्यमन्त्री लामाले जोड दिए । यसैगरी कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग क्षेत्रको विकासको लागि प्रदेश औद्योगिक व्यवसाय ऐन संशोधन गर्नेे तयारीमा सरकार रहेको बताए । प्रदेशको उद्योग तथा वाणिज्य नीति बनाउन नीति संवाद सुरु भइसकेको उनले बताएका छीन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"