हेटौंडा / हेटौंडामा करेन्ट लागेर ५८ वर्षीय मन्ताज मियाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका—११ गोल्पिङटारका मियाको आफ्नै घरको तला थप्नका लागि पिलरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा घाइते भएका थिए । हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार गर्नेक्रममा मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघि पनि करेन्ट लागेर मनहरीमा एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।





























